विश्वकप २०१९ मा शाकिवको तेस्रो अर्धशतक

बुलबुल नेपाल    

विश्वकप २०१९ मा शाकिवको तेस्रो अर्धशतक

काठमाडौंः इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा बंगलादेशका शाकिव अल हसनले अर्धशतक पूरा गरेका छन् । उनले १ चौकाको मद्दतमा ६६ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा शाकिवको यो तेस्रो अर्धशतक हो ।

 

साथै उनले जारी संस्करणमा २ शतक पनि बनाइसकेका छन् । शाकिव सोमबारसम्म सर्बाधिक रन बनाउने सूचीको शीर्ष स्थानमासमेत छन् । टस जितेर ब्याटिङको मौका पाएको बंगलादेशले यो समाचार तयार पार्दासम्म २८ ओभरमा ३ विकेट गुमाएर १३९ रन बनाएको छ ।  

 

अफगानिस्तान अहिलेसम्म जीतविहीन रहँदा बंगलादेशले भने दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गर्न सफल भएको छ । ६ खेलबाट ५ अंक बटुलेको बंगलादेशलाई आजको खेल जित्नैपर्ने दबाब छ । यही मैदानमा भारतसँग अफगानिस्तान ११ रनले पराजित भएको थियो । वान डे क्रिकेटमा यी दुई टिमबीच सात पटक भेट भएको छ । जसमा ४ खेलमा बंगलादेश र ३ खेलमा अफगानिस्तानले जीत हात पारेको छ । विश्वकपमा भने बंगलादेश र अफगानिस्तानबीच एक पटक मात्र खेल भएको छ । उक्त खेलमा बंगलादेश विजयी भएको थियो ।

 

बंगलादेशको प्लेइङ ११ः मसरुफे मुर्तुजा (कप्तान), मुश्फिकुर रहीम, शाकिब अल हसन, सौम्य सरकार, तमिम इकबाल, लिटोन दास, महमुदुल्लाह, मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमान,  मेहदी हसन, अबु जायद र मोसदक हुसेन ।

 

अफगानिस्तानको प्लेइङ ११ः गुल्बिन्दन नाइब (कप्तान), असगर अफगान, नजिबुलाह जर्दान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी, दवालत जर्दान, मुजिब उर रहमान, हस्मातउल्लाह शाहिदी, मोहम्मद नाबी र इक्रम अलिखिल ।

 



सोमबार, ०९ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...