बझाङमा हाइस दुर्घटना, ४ जना गम्भीर घाइते

बुलबुल नेपाल    

बझाङमा हाइस दुर्घटना, ४ जना गम्भीर घाइते

कैलालीः धनगढीबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको हाइस केदारस्युँ गाउँपालिकाको बाग्थलामा दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा २ बालबालिका र २ वयस्क गम्भीर घाइते भएका हुन् । दुर्घटनामा घाइतेको बाँझ स्वास्थ्य केन्द्र बाग्थलामा उपचार हुन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेख रेफर गरिएको छ ।

 

गम्भीर घाइते हुनेमा भक्त दमाई, मन्सरा दमाई, शिशिर दमाई र अमृता दमाई छन् ।सुर्मा साइपाल यातायात प्रालिको से१ख १९५४ हाइसले ट्रकलाई साइड दिने क्रममा हाइस दुर्घटनामा परेको स्थानीय भानुभक्त रावलले बताए ।
 



सोमबार, ०९ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...