शाकिवले रचे इतिहास, एकै खेलमा बनाए यस्ता कीर्तिमान

बुलबुल नेपाल    

शाकिवले रचे इतिहास, एकै खेलमा बनाए यस्ता कीर्तिमान

काठमाडौंः बंगलादेश क्रिकेट टिमका स्टार अलराउन्डर शाकिव अल हसन इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट लयमा छन् । उनले जारी विश्वकपमा धेरै कीर्तिमान आफ्नो नाममा दर्ता गरिसकेका छन् । सोमबार साउथ ह्याम्पटनमा अफगानिस्तान विरुद्धको खेलमा पनि शाकिवले केही रेकर्ड बनाएका छन्ः


शाकिव विश्वकपमा एक हजार रन बनाउने पहिलो बंगलादेश क्रिकेटर बनेका छन् । अफगानी टिमविरुद्ध ३५ रन बनाएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । आज शाकिवले १ चौकाको मद्दतमा ६९ बलमा ५१ रनको योगदान दिए । उनले जारी विश्वकपमा २ शतक र ३ अर्धशतक बनाई सकेका छन् ।  

 

शाकिव विश्वकपमा एक हजार रन र २५ विकेट लिने दोस्रो अलराउन्डर बन्न सफल भएका छन् । यसअघि श्रीलंकाका पूर्व ओपनर एवं अलराउन्डर सनथ जयसूर्यले यो उपलब्धि हासिल गरिसकेका छन् । विश्वकपमा शाकिवले १००२ रन र २८ विकेट लिइसकेका छन् । सनथ जयसूर्यले भने ११६५ रन र २७ विकेट आफ्नो नाममा बनाएका थिए । 

 

शाकिव र मुस्फिकुर रहीमको जोडी बंगलादेशका लागि वान डे क्रिकेटमा ३ हजार रनको साझेदारी गर्ने पहिलो जोडी बनेको छ । 

 

अफगानिस्तानलाई २६३ रनको चुनौती 
बंगलादेशले आफ्नो सातौ खेलमा अफगानिस्तानलाई २६३ रनको लक्ष्य दिएको छ । साउथ ह्याम्पटन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६२ .रन बनायो । उसका लागि मुस्फिकुर रहिमले उत्कृष्ट प्रदर्शन गरे । उनले १ छक्का र ४ चौकाको मद्दतमा ८७ बलमा ८३ रन बनाए ।

 

यस्तै शाकिव अल हसनले ५१, तमिम इकबालले ३६, मोसाद्दिक हुसैनले ३५, लिटन दासले १६, महमदुल्लाहले २७, सौम्य सरकारले ३ र मोहम्मद सैफउद्दिनले नट आउट २ रनको योगदान दिए । बलिङमा अफगानिस्तानका मुजीबउर रहमानले ३, कप्तान गुल्बिन्दन नाइबले २, मोहम्मद नाबी र दउलत जर्दानले एक–एक विकेट लिए ।
     
 



सोमबार, ०९ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...