विश्वकप क्रिकेटः पहिलो ओभरमै शाकिवले लिए विकेट

बुलबुल नेपाल    

विश्वकप क्रिकेटः पहिलो ओभरमै शाकिवले लिए विकेट

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले पहिलो विकेट गुमाएको छ । उसले १०.५ ओभरमा २४ रन बनाएर खेलिरहेका रहमत शाहलाई गुमाएको हो । उनलाई शाकिव अल हसनले आउट गरेका हुन् । उनले आफ्नो पहिलो ओभरमै टिमलाई सफलता दिलाउन सफल भए । यो समाचार तयार पार्दासम्म अफगानिस्तानले १६ ओभरमा १ विकेट गुमाएर ६० रन बनाएको छ । 

 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६२ .रन बनायो । उसका लागि मुस्फिकुर रहिमले उत्कृष्ट प्रदर्शन गरे । उनले १ छक्का र ४ चौकाको मद्दतमा ८७ बलमा ८३ रन बनाए । यस्तै शाकिव अल हसनले ५१, तमिम इकबालले ३६, मोसाद्दिक हुसैनले ३५, लिटन दासले १६, महमदुल्लाहले २७, सौम्य सरकारले ३ र मोहम्मद सैफउद्दिनले नट आउट २ रनको योगदान दिए । बलिङमा अफगानिस्तानका मुजीबउर रहमानले ३, कप्तान गुल्बिन्दन नाइबले २, मोहम्मद नाबी र दउलत जर्दानले एक–एक विकेट लिए ।



सोमबार, ०९ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...