वेस्ट इन्डिजलाई ठूलो झड्का, आन्द्रे विश्वकपबाट बाहिर

एजेन्सी    

वेस्ट इन्डिजलाई ठूलो झड्का, आन्द्रे विश्वकपबाट बाहिर

काठमाडौंः  इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेल अघि वेस्ट इन्डिजलाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण अलराउन्डर आन्द्रे रसेल घाइते भएपछि वेस्ट इन्डिजलाई ठूलो झड्का लागेको हो । उनी चोटका कारण जारी विश्वकपबाटै बाहिरिएका छन् ।

 

आन्द्रेको स्थानमा सुनील अम्ब्रिसलाई मौका दिइएको छ । उनी ब्याट्सम्यान हुन् । २६ वर्षीय सुनीलले वेस्ट इन्डिजका लागि ६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसक्रममा उनले एक शतक र एक अर्धशतक बनाएका थिए ।  



सोमबार, ०९ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...