ललिता हत्या प्रकरणः प्रवासी ज्यावन समाज बैंग्लोरद्वारा दोषीलाई कडा कार्बाहीको माग

बुलबुल नेपाल    

ललिता हत्या प्रकरणः प्रवासी ज्यावन समाज बैंग्लोरद्वारा दोषीलाई कडा कार्बाहीको माग

काठमाडौंः प्रवासी ज्यावन समाज बैंग्लोरले बझाङको बुंगल नगरपालिका–२ कि युवती ललिता धामीको हत्या घटनामा संग्लनलाई कडा कार्बाहीको माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ज्यावन समाजले घटनाको घोर भत्र्सना गर्दै पीडितलाई न्याय र दोषीलाई कडा कार्बाहीको माग गरेको हो ।

 

समाजका अध्यक्ष गंगलाल धामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ललिताको बलात्कारपछि निर्मम हत्या गरिएको घटनाले समस्त प्रवासी ज्यावनबासी स्तब्ध भएका छौं । ललिताको मृत आत्माप्रति भावपूर्ण श्रद्धान्जली एवं दोषीलाई कडा कार्वाहीको माग गर्दछौं ।’ 

 

ज्यावन समाजले घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कडा कार्बाही गर्न सबैलाई आग्रहसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पीडितले न्याय पाउनका लागि र दोषीलाई कानुनको कठघरामा उभ्याउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई हार्दिक अपिल गर्दछौं ।’ प्रवासी ज्यावन समाजले जारी गरेको विज्ञप्ति

ललितको शव यही असार १७ गते बिहान फेला परेको थियो । मृतक धामी महेन्द्र उच्च मा.बिमा कक्षा १२ मा अध्यनरत थिइन् । उनको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरिकसेको छ । हत्या आरोपमा प्रहरीले डडेल्धुराको परशुराम नगरपालिका–९ जोगबुढाका २६ बर्षीय माधव बोहरालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई ससुरालीमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रक्राउ गरेको बताइएको छ ।

 

बोहरालाई प्रक्राउ गरी सोधपुछ गर्दा मैले मारेको हुँ भनी स्वीकार गरेको र उनलाई ज्यान मुद्धा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सूर्यबहादुर केसीले जानकारी दिए । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

सम्बन्धित समाचार
–बझाङमा बिभत्स अवस्थामा युवतीको शव फेला
–ललिताको हत्या आरोपमा एक जना पक्राउ

 



मङ्गलबार, २४ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...