विश्वकप सेमिफाइनलः भारतविरुद्ध न्यूजिल्याण्डले टस जित्यो

बुलबुल नेपाल    

विश्वकप सेमिफाइनलः भारतविरुद्ध न्यूजिल्याण्डले टस जित्यो

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत भारत विरुद्धको खेलमा न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा सुरु भएकाे छ ।

 

हालसम्म भारत–न्यूजिल्याण्डबीच १०६ खेल भएका छन् । जसमा ५५ खेलमा भारत र ४५ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । पाँच खेलको भने नतिजा आएन । यी दुई टिमबीच २००३ को विश्वकपपछि पहिलो पटक भिड्दै छन् । जारी विश्वकपमा भारतले ९ खेलमा जीत हासिल गरेको छ । उसले एक खेलमा हार बेहोर्दा एक खेल वर्षाकाकारण अंक बाँडेको थियो ।

 

यता न्यूजिल्याण्डले ९ खेलमा ५ खेलमा विजयी हात पारेको छ । तीन खेलमा भने उसले पराजय भोग्यो । न्यूजिल्याण्डले भारतविरुद्धको खेलमा पानी पर्दा अंक बाँडेको थियो । यस्तो हुनसक्छ पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डको प्लेइङ– ११

 

भारतको प्लेइङ–११ः रोहित शर्मा, लोकेश राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, महेन्द्रसिंह धोनी, रविद्र जडेजा, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

 

न्यूजिल्याण्डको प्लेइङ–११ः मार्टिन गुप्टिल, केनरी निकोलश, केन विलियम्सन (कप्तान), रस टेलर, कोलिन डी ग्राण्डहोम, टम लाथम, लकी फर्गुसन, जेम्स नीशम, ट्रेन्ट बोल्ट, मिशेल सान्टनर र ईश सोधी।



मङ्गलबार, २४ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...