बिल्डिङ ढल्दा भारतमा बझाङका एकै परिवारका ३ जनाको मृत्यु

बुलबुल नेपाल    

बिल्डिङ ढल्दा भारतमा बझाङका एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौंः  भारतको बैंग्लोरमा निर्माणाधीन बिल्डिङको भवन ढल्दा तीन नेपालीसहित ४ जनाको ज्यान गएको छ । मंगलबार राति निर्माणधिन भवन ढल्दा नेपालको बझाङका एकै परिवारका तीन जनासहित एक भारतीय नागरिकको ज्यान गएको हो ।

 

मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगडाका नारायण खड्का, उनकी श्रीमती मञ्जु र छोरी अनुष्का सहित भारतको बिहारका शम्भु कुमार रहेका छन् । साथै बिल्डिङबाट सात व्यक्तिको उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



बुधबार, २५ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...