विश्वकप सेमिफाइनलः न्यूजिल्याण्डद्वारा भारतलाई २४० रनको लक्ष्य

बुलबुल नेपाल    

विश्वकप सेमिफाइनलः न्यूजिल्याण्डद्वारा भारतलाई २४० रनको लक्ष्य

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो ।

 

उसका लागि रस टेलरले ७४, कप्तान केन विलियम्सनले ६७, हेनरी निकोलशले २८, कोलिन डी ग्राण्डहोमले १६, जिमी नीशमले १२, टम लाथमले १०, मार्टिन गुप्टिल, म्याट हेनरीले एकएक, मिचेल सान्टनरले नछआउट ९ र ट्रेन्ट बोल्टले ३ रन बनाए ।बलिङमा भारतका भुवनेश्वर कुमारले ३, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र रविन्द्र जडेजाले एकएक विकट लिए । 

 २११ रन बनाएको अवस्थामा वर्षा
मंगलबार पानी परेपछि ४६.१ ओभरमा रोकिएको बाँकी खेल आज भएको हो । उक्त अवस्थामा न्यूजिल्याण्ड ४६ं६ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । 



बुधबार, २५ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...