संकटमा भारतीय टिम, हार्दिक ३२ रनमा आउट

बुलबुल नेपाल    

संकटमा भारतीय टिम, हार्दिक ३२ रनमा आउट

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब प्रदर्शन गरेको छ । उसले ३०.३ ओभरमा ९२ रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाई सकेको छ ।

 

भारतले ३०.३ ओभरको अवस्थामा विराट कोहली, रोहित शर्मा, केएल राहुललाई एक–एक, दिनेश कार्तिकलाई ६, ऋषभ पन्त र हार्दिक पाण्ड्यालाई ३२–३२ रनमा गुमाएको हो । विराटलाई ट्रेन्ट बोल्टले, रोहित, केएल राहूल, कार्तिकलाई म्याट हेनरीले, पन्त र पाण्ड्यालाई मिचेल सान्टनरले आउट गरे ।


यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो । उसका लागि रस टेलरले ७४, कप्तान केन विलियम्सनले ६७, हेनरी निकोलशले २८, कोलिन डी ग्राण्डहोमले १६, जिमी नीशमले १२, टम लाथमले १०, मार्टिन गुप्टिल, म्याट हेनरीले एकएक, मिचेल सान्टनरले नट आउट ९ र ट्रेन्ट बोल्टले ३ रन बनाए ।

 

बलिङमा भारतका भुवनेश्वर कुमारले ३, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र रविन्द्र जडेजाले एक–एक विकट लिए । मंगलबार पानी परेपछि ४६.१ ओभरमा रोकिएको बाँकी खेल आज भएको हो । उक्त अवस्थामा न्यूजिल्याण्ड ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।



बुधबार, २५ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...