अष्ट्रेलियाको खराब सुरुवात,  कप्तान फिन्च शून्यमै आउट !

बुलबुल नेपाल    

अष्ट्रेलियाको खराब सुरुवात,  कप्तान फिन्च शून्यमै आउट !

काठमाडौंः १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले १.१ ओभरमै पहिलो विकेटकारुपमा कप्तान आरोन फिन्चलाई शून्य रनमा गुमाएको हो । उनलाई जोफ्रा आर्चरले आफ्नो पहिलो ओभरको पहिलो बलमै आउट गर्न सफल भएका हुन् ।  लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।

 

इंग्ल्याण्ड ३ पटक फाइनल पुग्दा पनि उपाधि भने जीत्न सकेको छैन । इंग्लिश टिम १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो । अहिलेसम्म इंग्ल्याण्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ खेल भएको छ । जसमा ८ मा अष्ट्रेलिया र २ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । जारी विश्वकपमा अष्ट्रेलियाले ९ खेलमा ७ मा जीत र २ खेलमा हार बेहोरेको छ । यता इंग्ल्याण्डले ९ खेलमा ३ मा हार र ६ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

 

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

 

इंग्ल्याण्ड प्लेइङ–११ः इओनन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड ।

 



बिहिबार, २६ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...