अष्ट्रेलियाकाे विकेट पतन रोकिएन, पीटर ४ रनमा आउट

बुलबुल नेपाल    

अष्ट्रेलियाकाे विकेट पतन रोकिएन, पीटर ४ रनमा आउट

काठमाडौंः १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ६.१ ओभरमा १४ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ ।

 

उसले कप्तान आरोन फिन्च (०), डेभिड वार्नर (९) र पिटर ह्यान्सकम्बलाई ४ रनमा गुमाएको हो । फिन्चलाई जोफ्रा आर्चरले वार्नर र पिटरलाई क्रिस ओक्सले आउट गर्न सफल भए । लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।

 

इंग्ल्याण्ड ३ पटक फाइनल पुग्दा पनि उपाधि भने जीत्न सकेको छैन । इंग्लिश टिम १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो । अहिलेसम्म इंग्ल्याण्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ खेल भएको छ । जसमा ८ मा अष्ट्रेलिया र २ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । जारी विश्वकपमा अष्ट्रेलियाले ९ खेलमा ७ मा जीत र २ खेलमा हार बेहोरेको छ । यता इंग्ल्याण्डले ९ खेलमा ३ मा हार र ६ खेलमा जीत हासिल गर्न सफल भएको छ ।



बिहिबार, २६ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...