गायक फुलाराको ‘म आउने प्रहर’ सार्वजनिक (भिडियोसहित)

बुलबुल नेपाल    

गायक फुलाराको ‘म आउने प्रहर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायक हरिदत्त फुलाराको नयाँ नेपाली रोमान्टिक गीत सार्वजनिक गरिएको छ । उनको ‘म आउने प्रहर..’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । एकपछि अर्को गीत बजारमा ल्याइरहेका गायक फुलाराको यो गीतमा जानू कम्बाङ्ग लिम्बुको शब्द, महाराज थापाको एरेन्ज, कम्पोज गायककै छ ।

 

यस्तै ‘म आउने प्रहर’ को म्यूजिक भिडियोमा नेपाली चलचित्रका चर्चित अभिनेता आयुष रिजाल र नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । भिडियोलाई रमेश बाबा नेपालले निर्देशन, रविन्द्र बरालले छायांकन र विष्णु खड्काले सम्पादन गरेका हुन् । 

गायक फुलाराका यसअघि ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमी संगित तिमी’, ‘मेरो देश’, ‘सँगैसँगै हिँडे पनि’, ‘नक्कली’ लगायत बोलका गीत बजारमा आइसकेका छन् । ती गीतहरुलाई स्रोतादर्शकले राम्रो रुचाएका छन् । झण्डै डेढ दशकदेखि नेपाली सङ्गीतमा लागि पर्दै आएका गायक फुलारा पछिल्लो समय अलग्गै पहिचान बनाउँदै गएका छन् ।


भारत, काँशी हिन्दु विश्व विद्यालयबाट शास्त्रीय संगीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका गायक फुलारा पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् । उनले त्यहाँको सैनिक आवासिय महाविद्यालयमा दुई वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेपश्चात २०७१ सालबाट काठमाडौंलाई कर्मथलो बनाएर गीत, संगीतको क्षेत्रमा क्रियायाशिल रहँदै आएका छन्।

सम्बन्धित समाचार
गायक फुलाराको नयाँ गीत ‘सँगैसँगै हिँडे पनि’ सार्वजनिक (भिडियोसहित) 
 



बिहिबार, २६ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...