विश्वकप सेमिफाइनलः २२३ रनमै समेटियो अष्ट्रेलिया

बुलबुल नेपाल    

विश्वकप सेमिफाइनलः २२३ रनमै समेटियो अष्ट्रेलिया

काठमाडौंः १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता अष्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि स्टिभ स्मिथले सर्बाधिक ८४ रनको योगदान दिए ।  यस्तै एलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२, डेभिड वार्नरले ९ पिटर ह्यान्सकम्बले ४, प्याट कमिन्सले ६ र नाथन लायनले ६ रन बनाए । कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले खाता नै खोल्न पाएनन् । बलिङमा क्रिस ओक्स, आदिल रशिदले तीनतीन, जोफ्रा आर्चरले २ र मार्क उडले एक विकेट लिए ।  

 

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

 

इंग्ल्याण्ड प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड । 



बिहिबार, २६ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...