इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन, रोयको अर्धशतक पूरा

बुलबुल नेपाल    

इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन, रोयको अर्धशतक पूरा

काठमाडौंः १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको समिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका ओपनर जोसन रोयले अर्धशतक पूरा गरेका छन् । उनले २ छक्का र ७ चौकाको मद्दतमा ५० बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा रोयको चौथो अर्धशतक हो ।

 

साथै उनले यही विश्वकपमा एक शतकसमेत लगाई सकेका छन् । अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । यो समाचार तयार पार्दासम्म उसले १५ ओभरमा बिनाविकेट ९५ रन बनाइसकेको छ । 
 



बिहिबार, २६ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...