सेमिफाइनलमा ८५ रन बनाएका रोयलाई कारवाही

एजेन्सी    

सेमिफाइनलमा ८५ रन बनाएका रोयलाई कारवाही

काठमाडौंः १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति २७ वर्षपछि अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा इंग्ल्याण्डका ओपनर जसन रोयले उत्कृष्ट प्रदर्शन गरे । तर उनलाई आईसीसीले कारवाही गरेको छ ।

 

रोय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियाविरुद्धको खेलको दौरानमा गलत व्यवहार गरेको भन्दै कारवाहीमा परेका हुन् । उनी १९.४ ओभरमा प्याट कमिन्सको बलमा आउट भएका थिए । तर, आफूलाई ‘आउट’ दिइएको बारे एम्पायर कुमार धर्मासेनसँग असन्तुष्टि जनाएका थिए ।


यो पनि पढ्नुहोस्
मिचेल स्टार्कको नयाँ कीर्तिमान, तोडियो कसको रेकर्ड?


आईसीसीको नियम उल्लंघन गरेको भन्दै उनलाई म्याच फीको ३० प्रतिशत जरिवाना लगाइएको छ । त्यस्तै उनलाई दुई डिमेरिट अंक दिइएको छ । अष्ट्रेलियाविरुद्ध ८ विकेटको जित दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ८५ रन बनाएका थिए । 



शुक्रबार, २७ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...