ओलीलाई अशोक दर्जीको प्रश्नः तपाइले देउसी खेल्नु भएको छ ? (भिडियोसहित)

बुलबुल नेपाल    

ओलीलाई अशोक दर्जीको प्रश्नः तपाइले देउसी खेल्नु भएको छ ? (भिडियोसहित)

काठमाडौं, साउन २१ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र चर्चित बाल गायक अशोक दर्जीको एउटा भिडियो अहिले युट्युबमा खूबै चर्चित भएको छ । 

गत  (शुक्रबार) युट्युबमा राखिएको उक्त भिडियो सोमबार बिहानसमम २ लाख ३६ हजार बढि पटक हेरिएको छ । साथै, याे भिडियो युट्युव ट्रेन्डिङको आठौं नम्बरमा छ। उक्त भिडियोमा प्रधानमन्त्री ओलीले आधा घण्टा बढि अशोकसँग कुराकानीकासाथै उनको प्रस्तुती हेरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो निवासमै अशोकको प्रस्तुती हेरेका हुन् । प्रस्तुती हेरेपछि प्रधानमन्त्री ओलीले अशोकको प्रशंसा गरे । उनले अशोकलाई शास्त्रीय संगीत सिकाउनसमेत उनीसँगै उपस्थित गायक टंक बुढाथोकीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलले भने, ‘अशोक बाबुलाई शास्त्रीय संगीतका आलापहरुलाई सिकाउनुहोस्, उसमा धेरै प्रतिभा छ ।’ साथै, प्रधानमन्त्री ओलीले अशोकलाई खानेकुरामा ध्यान दिन आग्रह गरे ।

उनले भने, ‘खाने कुरामा विशेष ध्यान दिनु साथै अबिर र धूलोमा नखेल्नु ।’ उनले यति भन्न के सकेका थिए । अशोकले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, तपाईले देउसी खेल्नु भएको छ ? प्रधानमन्त्री मुस्कुराए । कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस्-



सोमबार, २१ साउन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...