कर्मचारीलाई मेयरको निर्देशन– ‘जिम्मेवारी पूरा गर्नुस्, नत्र कारवाही भोग्नुपर्ला’

मान्लान् त कर्मचारीले ?

टेकेन्द्र देउवा    

कर्मचारीलाई मेयरको निर्देशन– ‘जिम्मेवारी पूरा गर्नुस्, नत्र कारवाही भोग्नुपर्ला’

कैलाली, कार्तिक ११ । जिल्लाको धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले जिम्मेवारी अनुसारको काम पुरा गर्न वडा पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार उप-महानगरपालिकाका वडा पदाधिकारी, कार्यपालिका सदस्य र वडा सचिवलाई उपभोक्ता समिति गठन, योजना सञ्चालन तथा ब्यबस्थापन सम्वन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुखले यस्तो निर्देशन दिएका हुन् ।

 

हामी सबै एउटै डुंगामा छौं नगरप्रमुख वडले भने, ‘एक ब्यक्तिले गरेको गल्तीले सबैलाई डुवाउँछ, त्यसकारण जिम्मेवारी अनसारको काम गर्नुस् ।’ उनले आर्थिक रुपमा गलत गरेको पाइएमा कार्वाही गरिने पनि उनले चेतावनी दिए । ‘कतिपय ठाउँमा उपभोक्ता समितिमा बस्ने र पैंसा हिनामिना गर्ने गिरोह नै छन् । यस्ता ब्यक्तिबाट सजक रहनुहोला ।’ नगरप्रमुख वडले भने ।

 

नियमअनुसार काम नगर्ने उपभोक्ता समितिलाई बिगठन गर्न पनि नगरप्रमुखले वडा पदाधिकारीलाई निर्देशन दिए । ‘हामी जनताको सेवा गर्नका लागि आएका हौं त्यस कुरालाई आत्मसाथ गर्नुहोला’ नगरप्रमुख वडले भने ।

 

धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले हिजोका उपभोक्ता समिति गठन, सञ्चालन र ब्यबस्थापनबाट भएको सिकाइका आधारमा काम अगाडि बढ्न वडाका पदाधिकारी, कार्यपालीका सदस्य र सचिवहरुलाई निर्देशन दिइन् । उनले भनिन्,‘काम प्रभावकारी बनाउन सम्वन्धित महाशाखा प्रमुखको भूमिका महत्वपूर्ण हुन्छ ।’

 



आइतबार, ११ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस