प्रधानमन्त्री ओलीको फोक्सोमा संक्रमण, अस्पताल भर्ना

नशाबाट एण्टोबायोटिक !

बुलबुल नेपाल    

प्रधानमन्त्री ओलीको फोक्सोमा संक्रमण, अस्पताल भर्ना

काठमाडौं, कार्तिक १२ । चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान अस्पताल भर्ना भएका छन् । राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका हुन् । 

 

अस्पतालका प्रा‍.डा. अरुण सायमीका अनुसार भइरल संक्रमण भएर राती श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो। उनले भने, ‘फोक्सोमा भएको संक्रमणको उपचार भइरहेको छ। नशाबाट एण्टोबायोटिक दिइरहेको छ।’


बिहान ८ बजे डा. सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुन थालेको जानकारी दिए। भाइरल संक्रमण भएर विरामी भएपछि सार्वजनिक कार्यक्रम तथा भेटघाट रोकेका प्रधानमन्त्री ओलीले आइतबार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागी भएका थिए। कान्तिपुरबाट 



सोमबार, १२ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस