सज्जनको ‘फकाउनै गाह्रो भो’ सार्वजनिक [भिडियोसहित]

सज्जनको अर्को कोसेली !

बुलबुल नेपाल    

सज्जनको ‘फकाउनै गाह्रो भो’ सार्वजनिक [भिडियोसहित]

काठमाडौं, कार्तिक १५ । एकपछि अर्को सफलता प्राप्त गरिरहेका सज्जन धामीले फेरि नयाँ गीत बजारमा ल्याएका छन् । उनले ‘फकाउनै गाह्रो भो’ बोलको गीत बजारमा ल्याएका हुन् ।

 

धामीको ‘फकाउनै गाह्रो भो’ भिडियो हेर्न यहाँ क्लिक गर्नुस्-


गीतको म्यूजिक भिडियो हिजो (बुधबार) मात्रै युट्युबमार्फत सार्वजनिक गरिएको छ । यो गीतमा सज्जन धामी र आयुसा थापाको आवाज छ । भने, संगीत र शब्द काल्पनिक केसीले दिएका छन् ।

यो पनि पढ्नुहोस्-

लोकप्रिय बन्दै सज्जन र सिमाको ‘घाँघर लगाउ मायाले’

 

यस्तै, भिडियाेमा बिक्रम चौहान र सुनिता वडकाे मोडलिङ देख्न सकिन्छ । भिडियोको सम्पादन पदम सुवेदी, छायांकन सुरेश श्रेष्ठ, निर्देशन बिक्रम चौहानले गरेका हुन् । यसअघि गायक धामीले ‘का छै माया जाल’, ‘घाँघर लगाउ मायाले’ लगायत बोलका गीत बजारमा ल्याइसकेका छन् ।

यो पनि पढ्नुहोस्-

संगीतमा जम्दै अछामका सज्जन, ल्याए अर्को नयाँ गीत ‘काछै माया जाल’

 



बिहिबार, १५ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस