युवा देश र समाजको सपना हुन्ः मेयर वड

सपनालाई कसरी साकार पार्ने ?

बुलबुल नेपाल    

युवा देश र समाजको सपना हुन्ः मेयर वड

धनगढी, कार्तिक १५ । कैलालीको धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले युवाहरु यो देश र समाजको सपना भएको बताएका छन् ।

 

यूवा शान्ति परिषद्को आयोजना तथा धनगढी उप-महानगरपालिकाको समन्वयमा वडा नं ६ जालीमा सञ्चालन गरेको रोजगार प्रवद्र्धन तथा ब्यावसायीक दक्षता अभिबृद्धीका लागि दुई दिने अभिमूखीकरण कार्यक्रमको बिहीबार समापन गर्दै नगरप्रमुख वडले यो समाज कस्तो बनाउने भन्ने जिम्मेवारी युवाहरुको काँधमा रहेको बताए ।

 

युवाहरुले कुलतमा फस्ने होईन रचनात्मक काम गरेर देखाउनुपर्छ नगरप्रमुख वडले भने, ‘अहिले गरेको रचनात्मक कामले भबिष्य निर्धारण हुन्छ ।’ अहिलेका युवाहरु बढी महात्वकांक्षी र निरासावादी बढी भएको नगरप्रमुखले बताए । उनले भने, ‘काम गरे सबै कुरा सम्भव छ ।’

 

उप-महानगरपालिकाले युवालाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताए । उनले भने,‘जुन क्षेत्रमा लाग्नुहुन्छ ब्यावसायीक भएर लाग्नुहोस् हाम्रो साथ र समर्थन हुन्छ ।’ यसैबीच, नगर प्रमुख वडले डोटीको बुडरमा हुन गैरहेको प्रदेश स्तरीय फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बिहीबार बिदाई गरेका छन् ।

 

 

एक कार्यक्रमकाबीच खेलाडीको बिदाई गर्दै नगरप्रमुख वडले धनगढी खेलाडीको उर्वर भूमी भएको बताए । उनले उच्च मनोवलका साथ खेल खेल्न खेलाडीलाई हौसला दिए । धनगढी उप-महानगरपालिका-६ स्थित उपदेश यूवा क्लवका खेलाडीहरु फुटवल प्रतियोगितामा सहभागी हुन बुडर प्रस्तान गरेका छन् ।



बिहिबार, १५ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस