प्रदेशका सांसदको जीवनी समेटिएको ‘नीति निर्माता’ विमोचन

बुलबुल नेपाल    

प्रदेशका सांसदको जीवनी समेटिएको ‘नीति निर्माता’ विमोचन

कैलाली, कार्तिक १७ । सुदूरपश्चिम प्रदेशका सांसदको जीवनी समेटिएको पुस्तक ‘नीति-निर्माता’ को शनिवार विमोचन गरिएको छ । धनगढीमा एक समारोहकाबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

 


‘खबरपात मिडिया पब्लिकेशन’ले बजारमा ल्याएको उक्त पुस्तकको सम्पादन जनक रशिकले गरेका छन् । पुस्तकको सह–सम्पादकमा डिल्लीराज ओझा ‘समर्पण’ र टेकराज कापडी रहेका छन् । पुस्तकको प्रमुख वितरकका रुपमा रहेको समर्पण पुस्तक पसलले शनिवारको पुस्तक किमोचन कार्यक्रमम संयोजन पनि गरेको थियो ।

 


पुस्तक विमोचनका क्रममा धारणा राख्दै मुख्यमन्त्री भट्ट र सभामुख थापाले यो पुस्तक समाजमा प्रदेश सभा सदस्यहरुको वारेमा जानकारी गराउन महत्वपूर्ण हुने बताए ।

 


राजनीतिज्ञ प्रतिको नकारात्मक धारणा विकास हुँदै गएकोप्रति चिन्तन गरेर पुस्तक बजारमा ल्याएको पुस्तकका सम्पादक रशिकले बताए । पुस्तकमा प्रदेश सभाका ५३ जना प्रदेश सभासदस्यको जीवन सघर्ष समेटिएको छ । स्थानीय तहका जनप्रतिनिधिको वारेमा समेत सामान्य जानकारी समेट्ने प्रयास गरिएको छ ।



शनिबार, १७ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस