कांग्रेसको चियापान कार्यक्रमको मौलिकता फरक छः मेयर वड

टेकेन्द्र देउवा    

कांग्रेसको चियापान कार्यक्रमको मौलिकता फरक छः मेयर वड

धनगढी, कार्तिक १७ । कैलालीको धनगढी उप-महानगरपालिका नगरप्रमुख नृपबहादुर वडले नेपाली कांग्रेसको चियापान कार्यक्रमको मौलिकता फरक रहेको बताएका छन् । 

 

 

नेपाली कांग्रेस धनगढी १२ वडा कार्य समितिले शनिवार आयोजना गरेको दिपावली तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो बताएका हुन् । 

 

 

मेयर वडले कांग्रेस जनता र नेपाली भूमिको आवश्यकताका आधारमा जन्मिएको पार्टी भएकाले यसले गर्ने चियापान कार्यक्रमको फरक मौलिकता रहेको बताए । उनले यो मौलिकता परम्परा सधैं रहने उनले बताए । कांग्रेसका महासमिति सदस्य नारायण भट्टले कांग्रेस विधी पद्धती र सिद्धान्तबाट चल्ने पार्टी भएको बताए । उनले भने, ‘बिदेशी दर्शनलाई अंगालेका पार्टी र नेपाली कांग्रेसबिचको भिन्नता यहीँ हो ।’

 


नेपाल महिला संघका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिका उप-प्रमुख सुशिला मिश्र भट्टले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने, सबै नेता कार्यकर्ताले भलाकुसारी गर्ने नेपाली कांग्रेसको परम्परा भएको बताइन । उनले यसलाई नेता कार्यकर्ताको भेटघाट गर्ने मेलोको रुपमा नबुझेर नेपाली कांग्रेसको संस्कारका रुपमा बुझ्न उनले सुझाव दिइन् ।

 

 

हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसका सबै तहले चियापान कार्यक्रमको आयोजना गर्ने गर्दछ । यस पटक पूर्वमन्त्री एवं नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम ढिलो हुन गएको नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य केशव मिश्रले बताए ।


 



शनिबार, १७ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...