डिग्रीमा प्राइभेट भर्ना छिटो खोल्न अनेरास्ववियुको माग

बुलबुल नेपाल    

डिग्रीमा प्राइभेट भर्ना छिटो खोल्न अनेरास्ववियुको माग

काठमाडौं, कार्तिक २० । त्रिभुवन विश्वविद्यालयले मास्टर डिग्रीको प्राइभेट भर्नाबारे कुनै निर्णय नगरेपछि अनेरास्ववियुले शीघ्र भर्ना खोल्न दबाव दिएको छ । डिग्रीमा प्राइभेट भर्ना नखोलेमा हजारौं विद्यार्थीको पढ्न पाउने अधिकारको हनन् हुने निष्कर्ष निकाल्दै अनेरास्ववियुले कुनै पनि हालतमा भर्ना खोल्न भन्दै मंगलबार दबाब दिएको हो ।

 

 

यसैबिच, अनेरास्ववियुले भर्नाबारे परीक्षा नियन्त्रक पुष्पराज जोशीसमक्ष छलफल गरेको छ । यसअघि असोज १९ गते अनेरास्ववियुले ज्ञापनपत्रसमेत बुझाएको अनेरास्ववियु बझाङ काठमाडौ सम्पर्क कमिटी अध्यक्ष शिवराज धामीले जानकारी दिए । 

Degree

परीक्षा नियन्त्रण कार्यालय विभिन्न खालका शैक्षिक माफियाहरुको चंगुलमा फसेको र त्यसको अन्त्यका लागि परीक्षा नियन्त्रक कार्यालय र विद्यार्थी संगठनबीच संयुक्त  कार्यदल बनाएर समस्या समाधानमा जुट्नुपर्नेमा अखिलले जोड दिएको कमिटि अध्यक्ष धामीले बताए ।

 


अनेरास्ववियुकि केन्द्रीय उपाध्यक्ष सुनिता बराल सहितका अनेरास्ववियु बझाङ काठमाडौ सम्पर्क कमिटी अध्यक्ष शिवराज धामीलगायत  नेता, कार्यकर्ताको टोलीले मंगलबार परिक्षा नियन्त्रक जोशीसँग भर्ना खोल्नुपर्ने अडान राखेपछि जोशीले त्रिभुवन विश्वविध्यालयको प्राज्ञिक परिषद्सँग यसबारे छलफल भएपछि यो विषयलाई टुंग्याइने बताए ।

 

 

अनेरास्ववियुले २०५० सालदेखि विभिन्न कारणले वार्षिक परीक्षामा अनुर्तिण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिनुपर्नेसमेत माग गर्दै आएको छ । मंगलबारको छलफलमा परीक्षा नियन्त्रक र अखिलबीच भर्ना प्रक्रिया शुरू गर्ने बारे कुरो नमिले पनि अनेरास्ववियुले भने आफ्नो अडान कायमै राखेको बताइएको छ ।



मङ्गलबार, २० कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस