लिटिल फ्लावर प्रिमियर लिगः १९ वर्ष मुनिका राष्ट्रिय खेलाडीको वर्चस्व

बुलबुल नेपाल    

लिटिल फ्लावर प्रिमियर लिगः १९ वर्ष मुनिका राष्ट्रिय खेलाडीको वर्चस्व

धनगढी, कार्तिक २० । अगामी कार्तिक २७ गतेदेखि मंसिर ४ गतेसम्म धनगढीमा सञ्चालन हुने बिद्यालय स्तरीय राष्ट्रिय तेस्रो निष्ट कलेज लिटिल फ्लावर टि-२० प्रिमियर लिग प्रतियोगितामा नेपानी १९ वर्ष मुनिका राष्ट्रिय खेलाडीको वर्चस्व हुने भएको छ ।

 

 

प्रतियोगितामा सहभागी विभिन्न १२ टोलीले आ-आफ्नो टिममा सहभागी हुने बिद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडीको टुङ्गो लगाएका छ्न् । प्रत्येक बिद्यालायले ५-५ जना १० वर्षमुनिका ९ टिमका खेलाडी सहभागी गराउन पाउने प्राबधान अनुसार टिमले नेपालको लागि अन्डर-१९ राष्ट्रिय टिममा खेलेका अधिकांश खेलाडीलाई सहभागि  गराएका हुन् ।

 

 

राष्ट्रिय स्तरमा चर्चित खेलाडी कमल सिह ऐरी , सन्दिप जोरा, सुबोध ऐर, शेर मल्ल, बिपिन रावल, फिर्दोस अन्सारी, अरुण ऐरि, मन्बिस थापा, रित गौतम, लोकेश बम, नारायण जोशी जस्ता क्रिकेटरलाई विभिन्न टिमले भित्र्याएका छ्न् ।

 

 

प्रतियोगितामा देशभरीबाट १२ टोलीको सहभागिता रहेको छ भने सहभागी टोलीलाई ४ समूहमा विभाजन गर्दै प्रतियोगिता आयोजना गरिने भएको छ । निस्ट कलेज काठमाडौं मुख्य प्रायोजक रहेको प्रतियोगिताको आयोजना भने धनगढी स्थित संस्कार क्रिकेट एकेडेमीले गर्न लागेको हो ।

 

 

धनगढीको संघिय प्रहरी इकाइको खेलमैदानमा हुने प्रतियोगिताक विजेता टीमले एक लाख ११ हजार १ सय ११ तथा उपविजेता टोलीले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने प्रतियोगिताको म्यान अफ द सिरिजले नगद १० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरहरुले पाँचपाँच रुपैयाँ पाउने छ्न् ।

विभिन्न टिमले सहभागी गराएका खेलाडी
१. एबिसी आवासिय नेपालगन्जः सादब अन्सारी, आसिस बिस्ट, अमन अन्सारि, अब्जल अन्सारी, सन्नी वैश्य 
२. सरस्वती मा बि गेटा कैलालीः आयुब चन्द, हिक्मत सेटि, बिक्की केसी, नरेन्द्र साउद, हृदय बिस्ट,

 


३. लिटिल बुद्ध कञ्चनपुरः कमल सिह ऐरि, सन्दिप जोरा, नरायण जोशी, हेमन्त कार्की, सुशील खड्का
४. शारदा मा. बि धनगढीः सिप्टन अन्सारी, श्याम सुन्दर साउँद, राजन सिंह, राहुल भण्डारी, दिपक टमटा

 


५. कैलाली मोडेल धनगढीः रोमन बम, सुबोध ऐर, अजय बिस्ट, सोभित महता, अभिसेख पाल,
६. लिटिल फ्लावर हाई स्कुल धनगढीः सागर भण्डारी, शेर मल्ल, बिपिन रावल, पवन कार्की, बिक्रम ठगुन्ना

 


७. भक्तपुर निस्ट स्कुल भक्तपुरः सुदिप पाठक, भुवनेश्वर बस्याल, आशिष कर्ण, अमन जोशी, सोहन यादव
८. सिद्दार्थ शिशु सदन धनगढीः दिपेन्द्र थापा, सन्जु दमाई, गजेन्द्र बोहरा, खडक बोहरा, प्रकाश सिह

 


९. हिमालयन ह्वाईट हावस वर्ल्ड स्कुल काठमाडौंः फिर्दोस अन्सारी, रबि कुमार, अरुण ऐरि, मन्बिस थापा, रित गौतम । 

 

अन्य तीन टिमले भने खेलाडीको अन्तिम टुंगो लगाउन बाँकी छ ।



मङ्गलबार, २० कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस