दुर्गाथलीले जित्यो ‘बीसीए कप’ को उपाधि

धौली देवी स्मृति कप

बुलबुल नेपाल    

दुर्गाथलीले जित्यो ‘बीसीए कप’ को उपाधि

बझाङ, कार्तिक २३ । जिल्लाको बुगंल नगरपालिकामा सम्पन्न यो संस्करणको ‘धौली देवी स्मृति कप’ (बीसीए) को उपाधि दुर्गाथली गाउँपालिका-७ ले जित्न सफल भएको छ । उसले भवानी स्पोर्टस्लाई ५१ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । 

पहिले ब्याटिङ गरेको दुर्गाथलीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतीमा ११७ रन बनाएको थियो । ११८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको भवानीले १७ ओभरमै सबै विकेट गुमाउँदे मात्र ६८ रन जोड्न सक्यो । 

 


दुर्गाथलीले उपाधिसँगै नगद एक लाख ५० हजार पुरस्कार, कप र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता भवानीले भने ६० हजार नगद, र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो । 

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट टिम र खेलाडी पनि पुरस्कृत भएका छन् । यो वर्ष अनुशासित टीममा बटुलसेरा, म्यान अफ द सिरिज दुर्गाथलीका छोटु तिरुवा, उत्कृष्ट बलर भवानी स्पोर्टस्का श्यामसुन्दर, उत्कृष्ट ब्याट्स्म्यान बझाङ क्रिकेटका सन्तोष केसी र राइजिङ प्लेयर बुगंल एशोसियनका रोहित कुँवर भएका छन् । 

 


कार्तिक १७ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमका २२ टीमले सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए । 
 



शुक्रबार, २३ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस