दर्शकले बुझ्ने गीत गाएको भए अघिल्लो चरणमा पुग्थेः गायक सापकोटा [भिडियो]

सुमधुर आवाजका धनी !

बुलबुल नेपाल    

दर्शकले बुझ्ने गीत गाएको भए अघिल्लो चरणमा पुग्थेः गायक सापकोटा [भिडियो]

काठमाडौं, कार्तिक २४ । कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट बारिएपछि पनि नवराज सापकोटाको चर्चा उत्तिकै छ । उनी चर्चामा रहिरहनुको कारण हो नवराजको गायन ! उनको आवाज जादूमयी छ ।

 

नवराजसँगको कुराकानी हेर्न यहाँ क्लिक गर्नुस्-

 

भ्वाइस अफ नेपालको स्टेजमा स्रोता-दर्शकलाई मनछुने गीत गाएर चर्चामा आए नवराज भोटिङ राउण्डबाट बाहिरिएका हुन् । शास्त्रीय संगीतमा मास्टर्स गरेका उनी भ्वाईस अफ नेपालमा क्लासिक गीत गाएका थिए । साथै, उनी रक गीत गाएर पनि आफ्नो क्षमता प्रदर्शन गरेका थिए । यसले गर्दा उनीप्रति दर्शक-स्रोताको मन झन् तानियो ।

 

यति हुँदाहुँदै पनि उनले धेरै अगाडिको यात्रा त गर्न पाएनन् । तर, पनि उनको आवाजको चर्चा कम भएको छैन । यसैबीच, नवराजले सागर जोशीले लिएको एक अन्तर्वातामा आफूले अर्को गीत गाएको भए अघिल्लो चरणमा जानसक्थे आशयको कुरा व्यक्त गरेका छन् ।

 

उनले भनेका छन्, ‘यदि मैले स्रोतादर्शकले बुझ्ने गीत गाएको भए अघिल्लो चरणमा पुग्थे होला ।’ नवराजले स्रोता-दर्शकका लागि ‘बझ्नै गाह्रो जीवनको रीत’ राग गाएर भोट मागेका थिए । उनको भ्वाइस अफ नेपालको यात्रा कस्तो रह्यो ? कस्तो छ उनको पृष्ठभूमि ? लगायत विविध विषयमा कुराकानी हेर्नुस् तलको भिडियोमा-

 

नवराजसँगको कुराकानी हेर्न यहाँ क्लिक गर्नुस्-



आइतबार, २५ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस