दसैं–तिहार सकिएसँगै सुदूरपश्चिमका युवा भारत जाँदै

प्रदेशीदै युवा

बुलबुल नेपाल    

दसैं–तिहार सकिएसँगै सुदूरपश्चिमका युवा भारत जाँदै

बाजुरा, कार्तिक २७ । सुदूरपश्चिम प्रदेशका अधिकांश युवा दसै तिहार सकिएसँगै मजदुरी गर्न भारत जान थालेका छन् । यो प्रदेशका बझाङ, बाजुरा, बैतडी, दार्चुला, बैतडी, डडेल्धुरालगायतका अधिकांश युवा भारत जान थालेका हुन् ।  चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । 

 

खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दसैं तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् ।

 

सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौं, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताए । गाउँघर फेरि सुनसान बन्न थालेका छन् । 



मङ्गलबार, २७ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस