धनगढीमा एलपीएल सुरु, उद्घाटन खेलमा सिद्धार्थ र क्यास्पियन विजयी

लिटिल फ्लावर प्रिमियर लिग

बुलबुल नेपाल    

धनगढीमा एलपीएल सुरु, उद्घाटन खेलमा सिद्धार्थ र क्यास्पियन विजयी

कैलाली, कार्तिक २७ । धनगढीमा मंगलवारदेखि सुरु भएको तेश्रो संस्करणको निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) मा डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमी धनगढीले विजयी भएका छन् । मंगलवार उद्घाटन खेलमा सिद्धार्थ शिशु सदनले निस्ट स्कुल काठमाण्डौलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी भएको हो ।

 

टस जितेर पहिलो ब्याटिङ गरेको सिद्धार्थले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । ६४ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको निस्ट स्कुल काठमान्डौले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै मात्र ५९ रन जोड्न सफल भयो । 

 

मंगलवार भएको दोस्रो खेलमा क्यासपीएन एकेडेमीले शारदा उच्च मा।बि धनगढीलाई १४ रनले पराजित गरेको छ । क्यास्पियन एकेडेमीले जितको लागि दिएको १०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा मा बि १६ दशमवल ३ ओभरमा मात्र ८७ रनमै समेटिएको थियो । 


यस अघि टस जितेर पहिला ब्याटिङ गरेको क्यास्पियन एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले  उद्घाटन गरेका थिए । 

 

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निस्ट कलेज लैनचौर काठमाण्डौंको प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा देश भरिबाट १२ टिमले सहभागिता जनाएका छन् । मंसिर ४ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन् । 



मङ्गलबार, २७ कार्तिक २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस