बाल मजदुर [कविता]

लोक राज भट्ट    

बाल मजदुर  [कविता]

अभाबको थैलिभित्र भोकलाई लुकाएर
गाडीका सिसाहरुमा
आफ्नो परिचय टल्काउदै गरेको मान्छे 
उस्को परिचय भोक हैन ।

 

सपनाहरु कुपोषित भएर
कुण्ठिएका होलान
घरका अध्यारा चेपहरुमा

 

आमाको रोगलाइ
टाउको भित्र गरुङ्गो भारी बोकेझै
बैनिको च्यतिएको मजेत्रो सम्झिदै
सडकको पाठशालामा जिबनको किताब पल्टाएर
बाल अधिकार जिन्दाबाद भनिपनि देला
तर सम्झिनु
होटलको पृष्ठभमिमा
भाँडाहरुको संगित बज्यो भने
त्यहाँ चलमलाइ रहेकाऔलाहरु उसैका हुन् 
र यो पनि सम्झिनु
एकाबिहानै सितले काँपेको सडकमा
कोही बिउझिएर सपना देख्दै छ भने
सपना देखिरहेको बिहान उसैको हो

 

नपत्याए
परदेशीलाई सोध्नु
कोठिमा गुनगनाइरहेको फुच्चे को हो भनेर रु

जिन्दगीका रंगहरुमा
बतासले धुलो थुपारेर मैलो बनाउदापनि
जिरिंग परेका कपालहरुमा आशाका फूल फूलाउँदै
करुणताको गितगाउन खोज्दा
रुद्रघण्टीबाट करुणता बिथोलिएर
चिच्याहट निस्किएको
धोत्रो आवाज पनि उसैको थियो
जस्को आग्रहमा 
उस्कै गाडीका ग्राहक बनेर
बालदिबश मनाउन गैरहेकाथिए अधिकारकर्मीहरु ! 

तस्वीरः निरोज महर्जन



मङ्गलबार, ०४ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...