सम्भावनाको सहरमा साहित्यको सुगन्ध

लोक राज भट्ट    

सम्भावनाको सहरमा साहित्यको सुगन्ध

काठमाडौं, मंसिर ५ । रचना बाचन समूह धनगढीले अचम्म राम्रो गरिरहेको लाग्दैछ । दर्जनौं साहित्यीक संस्थाहरुले गर्न नसकेको वा गर्नुपर्छ भनेर सोच्न आवस्यक नठानिएको कुरालाई केही व्यक्तिहरुले जरुरी ठानेर चुनौति भित्रको सम्भावनालाई नजर लगाए ।


त्यसलाई सफल बनाउन अबरोधका पर्खालहरु छिचोले र एउटा गति दिदैं गन्तव्य निर्धारण गरे ।  बाटो रचना बाचन समूह भित्रका दुरदर्शिहरुले आफूमात्रै हिँड्न बनाएको हो जस्तो मलाई लाग्दैन ।

 

त्यही बाटो भएर धेरै कुरा हिड्ने छ । कला संस्कृति हिड्ने छ । भाषा साहित्य हिड्ने छ । डेउडा र धमारी हिड्ने छ । छम्को र छलिया हिँड्ने छ । दक्षिणको थारु संस्कृती र छ उत्तरका शौका समुदाएको हिमाली आस्वादन हिड्नेछ ।

 

समग्र खसान क्षेत्रको विविधता र मौलिकता हिड्ने छ । छुट्ने  छैन काली र मेचीको किनारा । हरेक सर्जकले युग बोकेको हुन्छ । सर्जक सँग एउटा युग पनि हिड्ने छ । लेख्नेहरुले लेख्छन् । लेख्छु भन्ने उत्साह र अठोट भएकाहरु कलमलाई पूर्णबिराम दिन कन्जुस्याई गर्छन् । तर कुनै सर्जकले उल्साहित हुन, आफ्नो सृजना पाठक, स्रोता र दर्शकसम्म पुर्याउन नपाएर बिचमै गाएब हुन्छन् सम्भावना भएकाहरु पनि हराउँछन् ।

 

कयौं हराएका छन् । अवसर पायो भने उत्प्रेरणाले अझै उर्जा थप्छ लेखनीमा । भाषा रहन्छ, कला रहन्छ, संस्कृती रहन्छ । अचेल त सहरमा सम्मानहरु, पुरस्कारहरु र अवसरहरु पैचौंमा सटिन्छन रे । रचना बाचन समूहले त्यो भन्दा माथि उठेर काम गर्न सकोस् । विविध कार्यक्रमहरु अझैं आवश्यक ठानोस् ।

 

सुदूर मध्य पश्चिमका अनाम गाउँहरुका कयौं स्रष्टा सर्जकहरु शक्तिशाली भएर देशसम्म पुग्न सकेनन् । पुगेकाहरुका आवाज र अक्षरहरु । सुन्नेहरुले सुनिदिएनन् । देख्नेहरुले हेरिदिएनन् । जस्लाई देखे जसलाई सुने ति पनि आफ्नै लयमा हिडे ।

 

हुदैं नभएका हैनन् साहित्यीक संगठनहरु । तिनले बनाएका लक्ष्य र उद्देश्यहरु एउटा रहे । त्यसमा संलग्न ब्यक्तिहरु आफै भित्र अलमलिरहे । आफ्ना नातेदारहरु जमघट गराए रमाए । कसैले राजनीति गरे, कसैले पार्टिनितीको प्रचार गरे । कोहीले भाषण सिकेर कसैका कार्यकर्ता बने । यौटा कबि , यौटा सर्जक, यौटा साहित्यकारले आफ्ना रचना आफ्ना सृजना पाठकसम्म पुर्याउन सकेन् ।

 

सुरुवात हुनु धेरै ठूलो कुरा हो । सुरुवात भएको कुराले निरन्तरता पाउनु त्यो भन्दा ठूलो कुरा हो । सहर बनिसक्यो धनगढी । संघिय राजधानीबाट टाढा भए पनि प्रदेश भित्रका जुनसुकै ठाउँका सर्जकहरु अवसर पाए भने टुपुलुक्क पुग्न सहज हुनेछ ।

 

जसंख्या बिस्फोट हुन लागेको सहरमा स्रोताहरुको कमी हुने छैन । दिन दुई गुना रात चौगुना रचना वाचन समूह सफल बन्नेछ हरेक स्रष्टा सफल बन्नेछन । भाषा कला साहित्य र संस्कृति मौलाउन सहयोग पुग्नेछ । कार्यक्रम भव्य र सव्य तवरले अगाडि बढीरहेको छ ।

 

शुभकामना कलावती उपाध्याय र तिलक समर्पणलाई यो श्रृंखलाका लागि । कार्यक्रम पश्चात लेखनीमा जिम्मेवारी थपिएको उल्साह मिलोस् । धनगढीमा हुने र भैरहेका साहित्य सभा र कार्यक्रमहरुको म जानकार पनि छैन । धेरै कुरा बुझेको छैन  मैले । नबुझे पनि थोरै लेख्ने आँट गरेँ । यो खुसीको क्षण हो । कार्यक्रम दमदार बनोस् ।



बुधबार, ०५ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...