डम्बरले दिल्लीमा हुने ‘अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ भाग लिने

डम्बरले प्रतिस्पर्धा गर्ने

लोकेश धामी    

डम्बरले दिल्लीमा हुने ‘अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ भाग लिने

काठमाडौं, मंसिर १० । भारतको नयाँ दिल्लीमा हुने ‘इन्डिया ओपन कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ मा नेपालको प्रतिनिधित्व गर्दै कञ्चनपुर बेदकोटका डम्बर बोहराले भाग लिने भएका छन् ।

 

उनले दिल्लीको तालकटोरा इनडोर स्टेडियममा पुष १४ देखि १६ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने भएका हुन् । उनीसँगै नेपालबाट अन्य खेलाडीले पनि त्यस प्रतियोगितामा भाग लिने बताइएको छ । 

 

उनी त्यहाँ ८० किलो तौल समूहका प्रतिस्पर्धीसँग भिड्ने छन् । अहिले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्यका साथ डम्बरले कडा अभ्यास गरिरहेका छन् । उनले भने, ‘आउँदो पुष १२ देखि १६ गते दिल्लीमा हुने तेक्वान्दो प्रतियोगिताका लागि अहिले अभ्यास गरिरहेको छु । आशा गरेको छु त्यहाँ मैले उत्कृष्ट प्रदर्शन गर्ने छु ।’

डम्बरले अहिले दिनमा साँझ-बिहान गरी चार घण्टा अभ्यास गरिरहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाबाट सहभागी हुने भन्दै आवेदन भरिए पनि प्रतियोगितामा भने देशकै प्रतिनिधित्व जनाएर खेल्ने प्रतिक्रिया आएपछि खुसी लागेको उनले बताए । 

 

तर, दिल्लीसम्म पुग्नदेखि खान-बस्नसमेत आफैंले खर्च गर्नुपर्दा चाहीँ अहिले दुःख लागेको डम्बरले बताए । उनले भने, ‘प्रतियोगिता खेल्न गरिहरेको छु । तर, पनि खासै कसैको सहयोग छैन । सबै व्यवस्था आफैले गर्नुपर्छ । आउने-जाने खर्चदेखि बासको व्यवस्था पनि आफैंले गर्नुपर्दा अलि दुःख लागिरहेको छ ।’

 

लामाे समय तेक्वान्दो सिक्दै र सिकाउँदै आएका डम्बर दिल्लीमा हुने यो प्रतियोगिता खेलिसकेपछि भने कतार उड्ने योजनामा छन् । खेलाडी भएर नेपालमा जीवन धान्न मुस्किल भएपछि उनी रोजगारीका लागि विदेशीने भएका हुन् । 

 

डम्बरले भने, ‘स्वदेशमा बाँच्न गाह्रो छ, अझ खेलाडीलाई त खेलेरै बाँच्न सक्ने वातावरण बन्न सकेको छैन । मैले पनि आफ्नै देशमा बस्ने लाख कोशिस गरे । तर, असाध्यै गाह्रो भयो । र, अन्तिम विकल्प वैदेशिक रोजगारी नै देखे । मेरो कतारको भिजा पनि आइसकेको छ । सायद, दिल्लीमा हुने यो प्रतियोगिता पछि विदेश जान्छु होला ।’  

यी पनि पढ्नुहोस्-

-राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कञ्चनपुरका डम्बर बोहराले जिते स्वर्णपदक

-स्वर्णपदक विजेता बोहरालाई देश-विदेशबाट बधाई तथा शुभकामना

-स्वर्ण विजेता डम्बर बोहरालाई सरकारले चिन्न सकेन, रोजगारीका लागि विदेश जाँदै


  



सोमबार, १० मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस