‘कोई नेता बिराला जसा, कोई नेता मुसा छन्’ [डेउडा]

बुलबुल नेपाल    

‘कोई नेता बिराला जसा, कोई नेता मुसा छन्’  [डेउडा]

लेखकको परिचयः

नाम- देवराज जप्रेल
जन्मः २०३२ साल
बुबाआमाको नामः धिर्कबहादुर जप्रेल र रिखी जप्रेल
जन्म स्थानः बझाङ जिल्ला दुर्गाथली गाउँपालिका- ५, भलाने

हालः भारत, ब्यङ्लोर
पार्टी आवद्धताः २०४६ सालको जनआन्दोलनदेखि नेपाली कांग्रेसमा सक्रिय
पहिलो मतः बि.सं २०४८ सालको निर्वाचन, लामो समयदेखि पार्टीमा आवद्ध रहेपनि गरिबीका कारण विदेशीनु परेको ।

काठमाडौं, मंसिर ११ । देवराज देउडा लेखनमा निकै सक्रिय छन् । उनले एक दुई दिनको अन्तरमा देउडा गीत लेखिरहेका हुन्छन् । देवराजमा जस्तोसुकै विषयमा पनि देउडा गीत लेख्न सक्ने क्षमता छ ।

 

-नैत देश समृद्धि छ, नै शान्ती देशमा।
जस्तो छ देशको हालत, लेखी दिया यसमा !!

-जन्तालाई देश बिकास, चाईने नेता चाईने पाटी।
नेपालका नेताहरु, तीन बिसी र साठी !!

 

-झिक नेता थोका जन्ता, मेरो देश नेपाल।
नाम चलेको शान्ति देश, बनाया बेहाल !!

-कैले आउँछ देश भित्र सुसासन समृद्धि
छैनप देशका नेता देश बनाउने बुद्धि !!

-जैको सत्ता आए पनि नेताई भर्ने भुणी।
राजनिती खेल यसी रैछ, हुने वणी पुणी !!

-नेताजीको झोला बोकी, मालामल झोलेकी।
जन्तासँग भोट माग्दा, छ्या झुटा बोल्याकी !!

 

-कोई नेता बिराला जसा, कोई नेता मुसा छन्।
उना बगाई उबा खोज्जा, यी नेता उसाछन् !!

-कसैले पेट् भरि सक्यो, कोई भने भोको छ।
सुख शान्ति नपाएर, पुरै देश रोको छ !!

-जै दिन बिरेन्द्र मार्या ईमानदारी राजा।
ऊसै दिन बनाई हाल्या, देशकाई खाजा-खाजा !!

 

-कम्निष्टले मदनजीको कांग्रेसले बिपीको।
नाम बेचि खाउ भन्ने रैछ, सोच बुध्दिजिविको !!

-एमाले मावबादी मिलि काग्रेस फालिका।
बामपंथीका नेतापन रहेछौ खालीका !!

 

-भन्दा छन् बिकास भयो, आआफ्नो पालामा।
कान समाई हान्ना जसा, च्वाई अरि गालामा !!

-जन्तालाई चार आना दिना ठग्दा बाह्र आना।
पेटभरी ओखाल्ला सम्मु, लादो भरी खाना !!

-पैले देश एकै राजा, ऐले राजा सबै।
मेरा देश सुख शान्ति होईजालाकी कबै !!

-चार आना जन्तालाई दियो, बाह्र आना खायो।
यसै छ भएको देशमा, जस्को सरकार आयो !!

 

-सबै पार्टी मिलिजुली सब्ले पालो लायो।
देशका दलाल चोहरुले ठग्ने मौका पायो !!

-नेताकीत बातै छाणु, उसाई छन् जनता।
साँची होकी झुटा कुणो, धै हजुर भनता !!

-कानुनको रक्षा गरौ, संविधानको मान।
हत्या हिंसा अत्याचारको, चलाउ अभियान !!  

देवराजका यसअघि बुलबुल नेपालमा प्रकाशित देउडा पनि पढ्नुहोस्-

-उइले भेट लेटरमी अचेल भेट नेटमी, भोटेका जाडेका जसी नौकरी गेटमी ! [देउडा]

-नेताप्रति देवराजको आक्रोश- तम्री खाने ढाडु बिल्लाउ, खानसम्म खाया !

-निर्मला पन्तप्रति देवराज जप्रेलका मनछुने देउडा !

 

-राजधानी ढिलाइका विषयमा बझाङका देवराज देउडाबाट यस्तो भन्छन्

-देवराज जप्रेलका सन्देशमूलक देउडा

-एकपटक सबैले पढ्नै पर्ने देवराजका देउडा !

 



मङ्गलबार, ११ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस