रविको ‘सुमधुर’ आवाजले मोहनी लगायो, आइडल बनाउन साथ दिऔं

नेपाल आइडल प्रतिस्पर्धा !

संजिवनी ओझा    

रविको ‘सुमधुर’ आवाजले मोहनी लगायो, आइडल बनाउन साथ दिऔं

संजिवनी ओझा । मैले नेपाल आइडल हेर्न थालेको यो सिजनदेखि मात्र हुँ । गत सिजन हेर्न पाइन । यसपछाडिका विबिध कारण थिए । अझ भनौं दुर्गममा जागिर भएकाले हेर्न पाइन । 

 

त्यहाँ टिभिको सुविधा थिएन, भएका घरमा पनि खासै हेर्ने समय पनि मिलेन र रुचि पनि जागेन । यो वर्ष भने म काठमाडौंमा छु । र, मज्जाले नेपाल आइडलको आनन्द लिइरहेकी छु । 

धेरै ‘एपिसोड’ले मेरो मन छोएको छ । खासै टेलिभिजन र युट्युब हेर्न रुचि नराख्ने मलाई नेपाल आइडलले हेर्नेे लत बसालेको छ । 

घरमै बसेर नेपाल आइडलको आनन्दमा भिज्नुको मजा बेग्लै छ । आइडल मन पर्नुको कारण प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति नै हो । मैले सुरुका अंकदेखि नछुटाई हेरिरहेकी छु । धेरै ‘एपिसोड’ले मेरो मन छोएको छ । खासै टेलिभिजन र युट्युब हेर्न रुचि नराख्ने मलाई नेपाल आइडलले हेर्नेे लत बसालेको छ । 


आइडलमा मलाई मन पर्ने प्रतिस्पर्धी रवि ओड हुन् । सुरुवातदेखि नै म उनका प्रस्तुतिलाई असाध्यै नजिकबाट हेरिरहेकी छु । रविले गाएका एकएक गीत मेरो मनमा ताजा छन् । ‘फेवा तालमा साइली’ होस् या ‘अब जाउँला रेलैमा’ उनले गाएका सबै गीतले मेरो मन छोएको छ । 

रविले गाएका एकएक गीत मेरो मनमा ताजा छन् । ‘फेवा तालमा साइली’ होस् या ‘अब जाउँला रेलैमा’ उनले गाएका सबै गीतले मेरो मन छोएको छ । 

मलाई मात्र होइन हजारौं समर्थकलाई पनि उनको आवाज उत्कृष्ट लाग्छ होला । रवि आइडलको ‘टप फाइभ’ मा पुगेका छन् । र, अब उनको आगामी यात्रा सुरक्षित गर्ने जिम्मा तपाई हामीमा छ । यदि हामीले भोट गरे उनको यात्रा दौडिन्छ, नगरे टक्क अडिन्छ । यसकारण अब रविको आइडल यात्रा गन्तव्यमा पुर्याउन सबैले सहयोग अर्थात् भोटमा जोड दिनुपर्छ । 

 

यो पटकको आइडलको उपाधि रविले नै जित्नेमा एक प्रकारले निश्चित जस्तै भएको छ । तर, ढुक्कका साथ  भन्न गाह्रो छ । यो भोटिङको चरण भएकाले जो प्रतिस्पर्धी पनि उपाधि जित्न सक्छ । यदि रविले नै दोस्रो नेपाल आइडलको उपाधि जितोस् भन्ने चाहना छ भने सबैले साथ दिऔं ।

रविबाहेक चार प्रतिस्पर्धी पनि उत्कृष्ट छन् । उनीहरुका आवाज पनि सुमधुर छन् । बिक्रम, सुमित, अमित र अस्मिताका समर्थक पनि रविका जस्तै दिनरात अहोरात्र खटिरहेका छन् । 

आ-आफ्नो ठाउँबाट उनको प्रचारमा जुटौं । सक्दो रविलाई भोट गर्ने तरिका सिकाउँ । अधिकांशलाई अहिले पनि भोट गर्ने तरिकाबारे जानकारी छैन । त्यसकारण सजिलै तरिकाले रविलाई भोट गर्ने जानकारी गराऔं ।

 

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।  भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

 

रविबाहेक चार प्रतिस्पर्धी पनि उत्कृष्ट छन् । उनीहरुका आवाज पनि सुमधुर छन् । बिक्रम, सुमित, अमित र अस्मिताका समर्थक पनि रविका जस्तै दिनरात अहोरात्र खटिरहेका छन् । यो पटक सुदूरपश्चिमले नेपाल आइडलको उपाधि जित्ने राम्रो अवसर पनि छ ।

आ-आफ्नो ठाउँबाट उनको प्रचारमा जुटौं । सक्दो रविलाई भोट गर्ने तरिका सिकाउँ । अधिकांशलाई अहिले पनि भोट गर्ने तरिकाबारे जानकारी छैन ।

गत वर्षको सिजनमा यो चरणसम्म यस क्षेत्रबाट प्रतिस्पर्धी पुगेका थिएनन् । तर, यो पटक भने रविले सबैको मन जित्दै ‘टप फाइभ’ मा स्थान बनाएका छन् । अब ‘टप फोर’ हुँदै पहिलो स्थानमा पुर्याउन सक्दो साथ दिनुपर्छ । 

 

रवि भोटले मात्रै होइन आफ्नो क्षमताका कारण पनि यो स्थानमा पुग्न सफल भएका हुन् । अधिकांश एपिसोडमा उनले निर्णायकको मन जितेका छन् । मानिस हो कहिलेकाही केही गल्ति भइहाल्छ, ससाना गल्ति रविमा पनि नभेटिएका होइनन् । तर, ति गल्तिलाई गल्तिको महसुस नगराउने उनका बाँकी प्रस्तुतिले फिक्का पारिदियो । 

आइडलमा आउनुअघि पनि रविले थुप्रै स्टेज तताइसकेका थिए । तर, कमैले मात्र चिनेका थिए । जब आइडलको ‘स्टेज’ पाए अनि वास्तविक रविको परिचय देखाए ।

सुदूरपश्चिम जस्तो पछाडि परेको प्रदेशबाट रवि नेपाल आइडलको ‘उत्कष्ट पाँच’ मा पुग्न त्यस क्षेत्रका लागि गौरवको विषय हो । गत सिजनमा त्यहाँ आइडलमा सहभागी हुने प्रतिस्पर्धी नै छैनन् भन्ने हिसाबले सुदूरपश्चिममा अडिसन नै गरेन । तर, यो पटक भने अडिसन पनि भयो । र, उत्कृष्ट आवाज अर्थात् प्रतिस्पर्धी पनि पायो । 

 

आइडलमा आउनुअघि पनि रविले थुप्रै स्टेज तताइसकेका थिए । तर, कमैले मात्र चिनेका थिए । जब आइडलको ‘स्टेज’ पाए अनि वास्तविक रविको परिचय देखाए । अझ भनौं आफूभित्रको प्रतिभा संसारलाई चिनाए ।

अब आशा छ उनलै आइडलको उपाधि जितेर आफ्नो र सुदूरपश्चिमको छाती फराकिलो बनाउने छन् । त्यसकारण सबैले रविलाई भोट गरौं । र, उनैलाई दोस्रो नेपाल आइडल चुनौं । 

विश्वका कुनाकन्दरामा नेपाली छन् । जहाँ-जहाँ नेपाली छन्, त्यहाँबाट रविलाई पूर्ण साथ मिलिरहेको छ । एउटा निम्न आर्थिक स्तर पृष्ठभूमि भएको परिवारबाट क्षमता प्रदर्शन गर्दै यहाँसम्मको यात्रा पार गर्दा रविले निकै मिहिनेत गरेका छन् । रत, उनले सफलताको स्वाद पनि चाखिरहेका छन् । 

 

कयौं प्रतिस्पर्धीलाई पछाडि छोड्दै यो स्थानमा पुग्नलाई रविको मात्र होइन सिंगो सुदूरपश्चिमको छाती गर्वले फुलेको छ । अब आशा छ उनलै आइडलको उपाधि जितेर आफ्नो र सुदूरपश्चिमको छाती फराकिलो बनाउने छन् । त्यसकारण सबैले रविलाई भोट गरौं । र, उनैलाई दोस्रो नेपाल आइडल चुनौं । 

यी पनि पढ्नुहोस्- 

-रवि नेपाल आइडलको ‘टप ५’ मा उक्लिए, पाए धेरै भोट !

-रविले आज नारायण गोपालको गीत गाउँदै, भोट गर्न सबैलाई अपिल

 -‘टप ५’ मा पुग्न रविले राष्ट्रिय गीत गाउने, धुर्मुस–सुन्तली प्रमुख अतिथि !

 -चार वर्षअघि पनि रविले यति मीठो गाउँथे ! [भिडियाेसहित]

 

-रवि नेपाल आइडलको ‘टप ६’ मा पुगे, नीलिमा बाहिरिइन् !

-समर्थकको मायाः रविलाई ‘धनगढी म्युजिकल मेयर’ को उपमा ! [भिडियाेसहित]

 

-रविले फेरि जिते ‘स्टाइलिस प्रफमर अफ दि डे’ को उपाधि ! [भिडियाेसहित]

-रविको प्रस्तुति दमदार, निर्णायकले उठेर प्रशंसा गरे [भिडियाेसहित]

 

रवि आज ‘टप ६’ मा पुग्न प्रतिस्पर्धा गर्दै, भोट गर्न सबैलाई आग्रह

रवि नेपाल आइडलको ‘टप ७’ मा पुग्न सफल, पाए सर्वाधिक भोट ! 

-र्‍यापर करिश्माद्वारा रविलाई भोट गर्न अपिल [भिडियोसहित]

 

-मौलिक पोसाकमा रविले दिए दमदार प्रस्तुति [भिडियोसहित]

समर्थकको साथले रवि उत्साहित, बन्लान् नेपाल आइडल ?

-रवि बने ‘स्टाइलिस प्रफमर अफ दि डे’ [भिडियोसहित]

-पोल खुल्योः रवि ओडका पाँच गर्लफ्रेण्ड ! [भिडियोसहित]

 

-बिहीबार भोटका लागि प्रतिस्पर्धा नहुने, समर्थकलाई रविले के भने ?

-रवि नेपाल आइडलको ‘उत्कृष्ठ ८’ मा पुग्न सफल, सुविन सिंह बाहिरिए

 

रवि भन्छन्– नेपाल आइडलमा कसैसँग डर छैन, म पनि खत्रा हो’ [भिडियोसहित]

-रविको नेपाल आइडल यात्रा सुरक्षित, आजको प्रस्तुती झन् दमदार

-आँखा रसाउने रवि वडको विगत [भिडियोसहित] 

 

-नेपाल आइडलः रवि वड ‘टप १०’ का लागि भिड्दै, जान्नुस् भोट गर्ने तरिका 

-सुदूरपश्चिमका रवि नेपाल आइडलको ‘टप १०’ पुग्न सफल, प्रस्तुती झन् दमदार !

 

-रवि नेपाल आइडलको ‘टप ९’ पुग्न सफल, गोल्डेन माइक विजेता मीनराज बाहिरिए ! [भिडियो]

-रवि वड सुदूरपश्चिम जाँदै, विमानस्थलमा भव्य स्वागत गरिने

-रवि वडलाई धनगढीमा भव्य स्वागत

-धनगढी बन्यो रविमय, भव्य स्वागतका लागि र्‍यालीको आयोजना !

 

-धनगढीमा रविको क्रेज, स्वागतमा र्‍यालीको आयोजना ! [फोटो फिचर]

-सुदूरपश्चिमका रवि वड नेपाल आइडलको ‘टप-११’ मा पुग्न सफल !

-नेपाल आइडलः सुपका एक मात्र प्रतिस्पर्धी रविलाई भोट कसरी गर्ने ? [हेर्नुस्]

 

-सुदूरपश्चिमका रवि वड नेपाल आइडलको ‘टप-१०’ नजिक, उपाधि जित्ने सम्भावना कति ? [भिडियाे]

-प्रदेश सातबाट नेपाल आइडलमा रबि वड मात्र, उपाधि जित्न सक्लान् ?

-धनगढी अडिसनबाट ‘गोल्डेन टिकट’ पाउन सफल प्रतिस्पर्धी को-को ? [नामसहित]



सोमबार, १७ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस