कमरेड काका ! [कविता]

लोक राज भट्ट    

कमरेड काका !  [कविता]

कमरेड काका !

........................

कमरेड काका
लाज लुगाले मात्रै ढाक्दो रहेनछ 
अगाडीबाट हेर्यो पछाडी नाङ्गै
पछाडी फर्कियो अगाडी नाङ्गै 
आफ्नै नग्नता आफै देख्दैनौ
तम्रो हर्कतले त
देशै उदांग होइजाला जस्तो छ 


दुनिया डुल्दै 
कती बन्नु हुन्छ लाचारी 
कती बाँच्नु हुन्छ रंग रंगका जीन्दगी
एक पटक 
देश र जनताका लागी पनि बाँची दिनुस
देश बदल्न सक्नु पो महानता
आफै बद्लिनत छेपारोले पनि जानेको हुन्छ ।

तस्वीरः निरोज महर्जन

 

यी पनि पढ्नुहोस्-

-टंके दाईको कुकुर ! [कविता]

-सम्भावनाको सहरमा साहित्यको सुगन्ध

-गाउँलेहरु [कविता]

-साहरा [कविता]

-बाल मजदुर [कविता]



सोमबार, १७ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...