हत्याहिंसा बलात्कारमा पुरै देश करायो, निर्मलालाई न्याय दिन नैत त्यो ठरायो ! [डेउडा]

सरकारप्रति आक्रोश

बुलबुल नेपाल    

हत्याहिंसा बलात्कारमा पुरै देश करायो, निर्मलालाई न्याय दिन नैत त्यो ठरायो ! [डेउडा]

लेखकको परिचयः

नाम- देवराज जप्रेल
जन्मः २०३२ साल
बुबाआमाको नामः धिर्कबहादुर जप्रेल र रिखी जप्रेल
जन्म स्थानः बझाङ जिल्ला दुर्गाथली गाउँपालिका- ५, भलाने

हालः भारत, ब्यङ्लोर
पार्टी आवद्धताः २०४६ सालको जनआन्दोलनदेखि नेपाली कांग्रेसमा सक्रिय
पहिलो मतः बि.सं २०४८ सालको निर्वाचन, लामो समयदेखि पार्टीमा आवद्ध रहेपनि गरिबीका कारण विदेशीनु परेको ।

काठमाडौं, मंसिर १८ । देवराज देउडा लेखनमा निकै सक्रिय छन् । उनले एक दुई दिनको अन्तरमा देउडा गीत लेखिरहेका हुन्छन् । देवराजमा जस्तोसुकै विषयमा पनि देउडा गीत लेख्न सक्ने क्षमता छ ।

 

देशको हालखबर सुनी उठ्दाछन् सनक।
ऊठ जन्ताउ अन्यायलाई दिहालु दनक।।

....................................................
कम्निष्टका सरकारको आशा छ्यो लागेको।
न्याय निशाब पाईन्छ भनी जन्ताले मागेको।।

....................................................
जनताले कम्निष्टलाई थियो मन परायो।
संविधानमा लेखिएको कानुनका हरायो।।

....................................................
हत्याहिंसा बलात्कारमा पुरै देश करायो।
निर्मलालाई न्याय दिन नैत त्यो ठरायो।।

....................................................
न्याय माग्दा गोली ठोकी जन्तालाई मरायो।
बेमानी आफन्त भयो इमानी परायो।।

....................................................
तेर्तिस किलो सुनको फालो टेबलमा हरायो।
अपराधि घटना जति अगाडि सरायो।।

....................................................
निर्मलालाई न्याय नदि देशकै लाज भयो।
तै चेलिको रगत खाने यो कस्तो राज भयो।।

....................................................
गर्ने होउकी निर्मलालाई कमाई खाने गडो।
हत्यारा न पता लाग्नु अचम्मै छ बडो।।

....................................................
बलात्कारी बचाउनेको सक्की जायई जडो।
पुरै देश हल्लाई दिने को छ यति दडो।।

....................................................
सुन्दा खेरी लाज् लाग्दिछ, देशकै समाचार।
काई अन्याय काई, अत्याचार काई छ बलत्कार।।

....................................................

बिकास ढिलाई भयापन शान्ति होऊ देशैमा।
हत्या हिंसा अन्त्य भया म खुशी त्यसैमा।।

....................................................
ओ सरकार बलात्कारी सजाय फासीदे।
संविधान नभए पन् त्यो कानुन मासीदे।।

....................................................

सरकारले नसक्यो भने आ विप्लव ठासीदे।
अपराधिको गलो रेट्ने कि अब आसीदे।।

....................................................

निर्मलाको न्याय दिने अब जो पार्टी हो।
बाचा भयो भोट त्यसैलाई पक्कै म बाटीभो।।

....................................................

निर्मलाको हत्यारालाई जो पार्टी तोकला।
तीन करोड नेपाली जन्ता सलाम ठोकला।। 

देवराजका यसअघि बुलबुल नेपालमा प्रकाशित देउडा पनि पढ्नुहोस्-

-‘कोई नेता बिराला जसा, कोई नेता मुसा छन्’

-उइले भेट लेटरमी अचेल भेट नेटमी, भोटेका जाडेका जसी नौकरी गेटमी ! [देउडा]

-नेताप्रति देवराजको आक्रोश- तम्री खाने ढाडु बिल्लाउ, खानसम्म खाया !

-निर्मला पन्तप्रति देवराज जप्रेलका मनछुने देउडा !

 

-राजधानी ढिलाइका विषयमा बझाङका देवराज देउडाबाट यस्तो भन्छन्

-देवराज जप्रेलका सन्देशमूलक देउडा

-एकपटक सबैले पढ्नै पर्ने देवराजका देउडा !



मङ्गलबार, १८ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस