गायक सज्जन धामीको ‘डोली बोकी आउँछु’ बजारमा (भिडियोसहित)

सज्जनको नयाँ गीत

बुलबुल नेपाल    

गायक सज्जन धामीको ‘डोली बोकी आउँछु’ बजारमा (भिडियोसहित)

काठमाडौं, मंसिर १८ । एकपछि अर्को सफलता हासिल गरिरहेका गायक सज्जन धामीले फेरि अर्को कोसेली लिएर आएका छन् । उनले दर्शक–स्रोताका लागि नयाँ सांगीतिक कोसेली ‘डोली बोकी आउँछु’ लिएर आएका हुन् । 

 

गायक सज्जनको ‘डोली बोकी आउँछु’ हेर्न यहाँ क्लिक गर्नुस्


सज्जनको यो गीत आज (मंगलबार) युट्युबमा सार्वजनिक गरिएको छ । ‘डोली बोकी आउँछु’ मा सज्जनसँगै गायिका इरानी सुन्दरी भामले स्वरमा साथ दिएकी छन् । गीतको भिडियोमा पनि स्वयम् गायक–गायिका नै रहेका छन् । गीतमा संगीत र शब्द पनि गायक धामीकै रहेको छ । 


यसअघिका गीतलाई पनि स्रोता–दर्शकले असाध्यै रुचाएकाले ‘डोली बोकी आउँछु’ लाई पनि त्यही माया दिनेमा विश्वस्त रहेको गायक धामीले बताए । उनले भने, ‘यसअघिका गीतमा मैले स्रोता–दर्शकबाट राम्रो माया र हौसला पाएका छुँ । आशा छ यो गीतलाई पनि असाध्यै रुचाइने छ ।’

 

यसअघि गायक धामीले ‘का छै माया जाल’, ‘घाँघर लगाउ मायाले’, ‘फकाउनै गाह्रो भो’  लगायत बोलका गीत बजारमा ल्याइसकेका छन् । 

-सज्जनको ‘फकाउनै गाह्रो भो’ सार्वजनिक [भिडियोसहित]


लोकप्रिय बन्दै सज्जन र सिमाको ‘घाँघर लगाउ मायाले’

संगीतमा जम्दै अछामका सज्जन, ल्याए अर्को नयाँ गीत ‘काछै माया जाल’



मङ्गलबार, १८ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस