बझाङ र डोटीमा भालु आक्रमण, दुईजना गम्भीर घाइते

भालु आतंक

बुलबुल नेपाल    

बझाङ र डोटीमा भालु आक्रमण, दुईजना गम्भीर घाइते

डोटी, मंसिर १९ । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् । घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन् । उनको शरीरभरि घाउ छ ।

 

यसैगरी, बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छन् । उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन् ।

 

आक्रमणबाट उनले एक आँखा गुमाउनु परेको छ । घाइते धामीलाई उपचारका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ ।



बुधबार, १९ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस