अनेरास्ववियू र अखिल क्रान्तिकारीद्वारा केएमसीमा वृहत रक्तदान

बुलबुल नेपाल    

अनेरास्ववियू  र अखिल क्रान्तिकारीद्वारा केएमसीमा वृहत रक्तदान

केशब विष्ट, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियु  र  अखिल क्रान्तिकारीले धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा वृहत रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । रक्तसञ्चार केद्रमा रगतको चरम अभाव भएकाले संगठनले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।


अहिले सुदूरपश्चिमका अधिकांश जिल्लामा रगतको अभाव भएको छ । विरामीलाई केही राहत होस् भन्ने उद्देश्यले आज वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको कैलाली बुहमुखी क्याम्पसका स्ववियू सचिव कृष्ण रोकायले बताए । रक्तदान कार्यक्रम बिहीबार दिउँसोभरी रहने बताइएको छ ।



बिहिबार, २० मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस