आइडलमा रविले आज ‘प्रिय तिम्रो सम्झना’ गााउने, भोट गर्न अपिल

‘ट फोर’ का लागि प्रतिस्पर्धा !

बुलबुल नेपाल    

आइडलमा रविले आज ‘प्रिय तिम्रो सम्झना’ गााउने, भोट गर्न अपिल

काठमाडौं, मंसिर २० । नेपाल आइडल सिजन–२ अन्तर्गत आज हुने अंकमा आइडलका मुख्य दाबेदार रवि ओडले ‘प्रिय तिम्रो सम्झना, भविष्यको कल्पना..’ बोलको गीत गाउने भएका छन् । यो गीतका वास्तविक गाएक सुरेश कुमार हुन् ।

 

अहिलेसम्म दमदार प्रस्तुति दिएका रवि आजको अंकमा पनि त्यही लय दोहोर्याउने लक्ष्यका साथ मञ्चमा उपस्थित हुने छन् । उनले आफ्नो फेसबुकमार्फत सबैलाई भोट गर्न अनुरोधसमेत गरेका छन् । 

 

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

 

रवि बाहेक नेपाल आइडलमा अब सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र बिक्रम बराल नेपाल आइडलमा बाँकी छन् । आजको प्रस्तुति ‘टप फोर’ मा पुग्नका लागि हो । कम भोटका आधारमा भोलि (शुक्रबार) एक प्रतिस्पर्धी बाहिरिने छन् । 



बिहिबार, २० मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस