प्रहरीको लापरवाहीले तीन दिनपछि दाहसंस्कार

बुलबुल नेपाल    

प्रहरीको लापरवाहीले तीन दिनपछि दाहसंस्कार

काठमाडौं, मंसिर २५ । भारतको ब्यङ्लोरमा आत्महत्या गरेका बझाङको छबिस पाथीभेरा–७ बुडखोरीका रोषन धामीको मंगलबार दाहसंस्कार गरिएको छ । यहि मंसिर २२ गते राति आत्महत्या गरेका उनको प्रहरीको ढिलाइले गर्दा मंगलबार बल्ल दाहसंस्कार गरिएको हो । 


त्यहाँ स्थित एमआइसिओ बीटम प्रहरी स्टेसनले शव बुझ्न मृतकका नातेदार (बुबाआमा) आउनुपर्ने या उनीहरुद्वारा लिखित प्रमाण हुनेपर्ने भनेको थियो । मृतक धामीका बुबा नेपालमै भएकाले आउन ढिलाई हुने भएकाले उनका काका भए हुँदैन भन्दा प्रहरीले आनाकानी गरेका थिए । 

 

मृतकका आमा या बुबा आए मात्र दाहसंस्कार गर्न पाइने भन्ने प्रहरीले अडान नफेरेपछि अन्त्यमा आएर त्यहाँ रहेको प्रवासी नेपालीको हकहितमा कार्यरत मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रहरीमा निवेदन दिएपछि धामीको दाहसंस्कार गर्न पाएको सो संस्थाका नगरसभापति माधव भण्डारीले बताए । 

 

उनले भने, ‘सुरुमा त प्रहरीले शव दिननै आनाकानी गर्यो, मृतकका अभिभावक नभई नहुने भन्दै तीनदिनदेखि पहल गर्दा शव नै दिएन । बल्ल हाम्रो संस्थाले लिखित निवेदन दिएर मात्र प्रहरीले शव दियो । सुरुमा त मानेकै थिएन, पछि प्रहरी स्टेशनका माथिल्लो तहका व्यक्तिसँग कुरा गरेपछि मात्र शव दियो ।’

 

रोषनको शव परीक्षणका लागि त्यहीँको बिक्टोरिया अस्पतालमा राखिएको थियो । आफन्तले मंगलबार शव बुझ्दै त्यहीँ दिन अन्तिम दाहसस्कार गरिएको हो । रोषनले के कति कारण आत्महत्या गरेका हुन् भन्नेबारे पत्ता लाग्न सकेको छैन । 


केही महिना उनकी श्रीमती नेपाल आएपछि कुनै सम्पर्क नगरेपछि रोषन केही तनाव रहेका थिए । यही तनावका कारण रोशनले आत्महत्या गरेका हुनसक्ने उनका आफन्तले बताएका छन् । उनी घर आउने तयारीमा थिए । तर, अचानक आत्महत्या गरेको अवस्थामा देख्दा रोषनका परिवारले केही शंका पनि गरेका थिए ।

 

एद्यपी, पोस्ट मार्टम रिपोर्टमा उनले आत्महत्या नै गरेको दखिएको बताइएको छ । रोषनले आठ महिनाअघि मात्रै विवाह गरेको थिए । उनी ५–६ वर्षदेखि भारतमा नै थिए । र, कहिलेकाहिँ नेपाल पनि आइरहन्थे । 



बुधबार, २६ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...