‘छाउपडि प्रथाको अन्त्य, गरौँ सबै जुटी’ (देउडा)

चेतनामूलक देउडा

बुलबुल नेपाल    

‘छाउपडि प्रथाको अन्त्य, गरौँ सबै  जुटी’ (देउडा)

कोहि महिला छन् राष्ट्रपति, कोहि छन् सभामुख ।
कोहि महिला छाउपडि भनी, गोठै बस्ने दुःख ।।

.................................................................

कानुनमा जे लेख्या पन,अगाडि  बड्दैन ।
कुसंस्कार छाउपडि प्रथा, यो किन हट्दैन ।।

.................................................................

छाउपडि कोदोको रोटी, सुत्केरी घ्यू खाने ।
गाई बाँध्ने गोठमा बस्नु, अकालमै जीउ जाने ।।

.................................................................

सुत्केरी सर्पले टोकी, समाचार आउनोछ ।
रुढीबादी सँस्कारको चेतना जगाउनु छ।।

.................................................................

उहीँ गोठ दुस्मनकी डर, उहीँ सर्प टोक्दाछन् ।
महिला छाउपडिको नाउँमा, दुःखि दिन भोग्दाछन् ।।

.................................................................

हुम्ला जुम्ला कालिकोट, बझाङ अछाम डोटी ।
छाउपडि प्रथाको अन्त्य, गरौँ सबै  जुटी ।।

सत्यराम धामी
ठेगानाः बझाङ, छबिस पाथीभेरा गाउँपालिका७, बुडखोरी
हालः भारत, ब्यङ्लोर

यी पनि पढ्नुहोस्-

सत्यराम धामीको मार्मिक देउडा !

सत्यराम धामीका गाउँबेशीको याद झल्काउने देउडा [पढ्नुस् ]



शुक्रबार, २८ मङि्सर २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...