‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

बुलबुल नेपाल    

‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

गजल

बाले झाप्पड हान्दा आमालाई भन्दिनु है।
आउनु रोक्न भनी आमालाई भन्दिनु है ।।

पिटाईको डरले करेशामा लुकेको थिए ।
भरे सुत्न आउछ भनि आमालाई भन्दिनु है।।

खै किन हो स्कुलमा भर्ना गर्छन् की गर्दैनन्।
बासँग बुझ्न छिटो आमालाई भन्दिनु है।।

कापी कलम बोकी भोलि सँगै हिडिने हो।
फाटो लुगा धुन भनी आमालाई भन्दिनु है।।

यो डर अरूको शिक्षा र परिक्षामा आउँछ ।
पास होस् पुज्न भनी आमालाई भन्दिनु है।।

गजलकारः दिनेश राज पाठक ‘अविरल’
-गोदावरी नगरपालिका-६, लालपुर  
हालः धनगढी, कैलाली 

यी पनि पढ्नुहोस्

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



बिहिबार, १२ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...