मेरो प्रिय नेता ! [कविता]

बुलबुल नेपाल    

मेरो प्रिय नेता ! [कविता]

मेरो प्रिय नेता
तिमिलाई खोज्दै
धुलो माटो उठाउदै 
तिम्रो बस्तीसम्म आईपुगे 
तिमी त सहरमा रहेछौ
चुनाव जितेपछि 
मन्त्री भयौ रे
तर गाउँमा आएन छौ !


आउनु पनि कसरी 
गाउँमा धुलोमाटो छ
हिड्दा जुत्ता फाटीन्छ 
कोट मैलीन्छ 
सहरमा चिप्लो बाटो छ
महङ्गो कार छ
अ‍ैस छ आराम छ
अरु पनि छ 
तर गाउँमा 
धुलो छ,
माटो छ,
मैला जनता छन 
कसरी आउछौ र 
यो बस्तीमा
चुनाबमा दिएका आश्वासन 
सेती नदिमा बगाए छौ
जनताले लगाएका माला
बाटोमा कुल्चि दिएछौ
जनताका माग भट्टीमा बिर्सेयौ रे !


अनि तिनै 
जनताको पसिनामा मोज गर्दै छौ
तिमी कति महान छौ 
मेरो प्रिय नेता
एक चोटी गाउँमा फर्केर आऊ 
तिमी र म मिले र 
गाऊ बनायौ 
बस्ती बसालौ 
बाटो बनौ
आऊ 
मेरो प्रिय नेता !

हरि भट्ट

कैलाली, धनगढी 



मङ्गलबार, १७ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...