गगंलाल धामी ‘साथीभाई’ काे सायरी संवाद

बुलबुल नेपाल    

गगंलाल धामी ‘साथीभाई’ काे सायरी संवाद

सायरी संवाद !

मः 
छाया देलान् कुल् देउताले, सदा सेवा गर्न पाँउ। 
छदा जिबन् तिमिसंग, हाँसी खेली मर्न पाँउ।। 

उनीः
काम गरौली कमाई खाउली, यो जीबन धान्न बरु। 
चोखो माया छोडी बाज, धना को पछी जान्न बरु।।

मः
जन्म भूमी नपुगेमा, प्रदेश कमाई आउली बरु। 
सुख दुःख जीवननमा, बाडेर नि खाउली बरु।। 

उनीः 
दुःखी जीवन पिरथीमा, हाँसी खेली बिताउ बरु। 
लडी दुःख हरायर, सुखलाई जिताउ बरु।।

मः
पिरथीको संसारमा, सात गंगा पारी तरु। 
त्यही हाम्रो दुनियामा, साथ संग गरी मरु।। 

उनीः
बालो जीवन पिरथीमा, हामी हाँसी खेल गरु। 
दुःखै दुःख परे पनी, पिरथीको मेल गरु।।

मः
सुख दुःख मेरी माया, प्रक्रितीको घाम पानी। 
बनबास भया थे, पुज्ये सिता राम पनि।। 

उनी
गरी काम राखी नाम, तिम्रै सेवा गर्न पाँउ। 
तिम्रै कोखेलीमा मरी, बैकुण्डमा मर्न पाँउ।।


हे गंगा जी तिमी शुद्ध, राखी दिनु आफ्नो धर्म। 
खान लाउन दुनियाले, गर्छन् यहाँ पापी कर्म।। 

उनीः

हे हिमाल तिमी चोखो, नगर्नु है कुनै भ्रम। 
यो धर्तीमा जन्मे पछी, बुझ्नु पर्छ सबको मर्म।।

 गंग‌लाल धामी
हालः दक्षिण भारत, ब्यङ्लोर
जन्मस्थानः बझाङ छबिस पाथीभेरा गाउँपालिका ७ 



शनिबार, २१ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...