‘गाउँ   शहर जताततै  तिम्रै  चर्चा देखे’

बुलबुल नेपाल    

‘गाउँ   शहर  जताततै  तिम्रै  चर्चा देखे’

रचना

मुक्तक पनि लेखे मैले, गजल पनि लेखे।
गाउँ   शहर   जताततै,  तिम्रै  चर्चा देखे !

विस्वाश ठुलो तिम्रै लाग्थ्यो, मनमा नि सजाय।
विस्वाशमै अड्काको झुट पनि देखे !

यस्तो नियत नै थियो भने नजिक किन भयौ।
लुकाइएको तिम्रो खराब नियत  पनि देखे !

अरुको विस्वासमा नफस्नु है साथी।
किनकि मुखमा रामराम बगलीमा छुरा पनि देखे !


रमेश पाठक
डा. केआइसिंह गाउँपालिका- ४ वायल, डोटी



सोमबार, २३ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...