चैतदेखि नेपाली कामदार जापान लैजाने प्रक्रिया सुरु हुँदैछः जापानी विदेशमन्त्री

कति कोटा पाउला नेपालले ?

बुलबुल नेपाल    

चैतदेखि नेपाली कामदार जापान लैजाने प्रक्रिया सुरु हुँदैछः जापानी विदेशमन्त्री

काठमाडौं, पुष २६ । जापानका विदेशमन्त्री तारो कोनोले आगामी चैतदेखि नेपाली कामदार जापान लैजान गरी प्रक्रिया सुरु गर्न लागेको बताएका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा यस्तो बताएका हुन् ।

 

उनले नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि नेपाल आउने भन्दै चैतदेखि नेपाली कामदार जान पाउने बताए ।कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपालीसहित चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने बताएको छ ।

 

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ । 



बिहिबार, २६ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...