कञ्चनपुरको पुनर्वासमा श्रीमतिमाथि बन्चरो प्रहार

किशोर तामाङ    

कञ्चनपुरको पुनर्वासमा श्रीमतिमाथि बन्चरो प्रहार

कञ्चनपुर, पुष २७ । कञ्चनपुरको पुर्नबासमा बन्चरो प्रहारबाट श्रीमति घाइते भएकी छन् । पुनर्वास नगरपालिका वडा नं ३ आई बी आर डी बजारमा रामबहादुर नेपालीले आफ्नै श्रीमति रीता नेपालीलाई बिहीबार बन्चरो प्रहार गरी घाइते बनाएकी हुन् । 

 

श्रीमतिको खुट्टामा बन्चरो प्रहार गरी रामबहादुरले पुनर्वासको अस्थायी प्रहरी पोष्टमा आएर आत्मसमर्पण गरेका छन् । घाइते रिताको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा उपचार असम्भव भएपछि  धनगढी रिफर गरेको  डा. सागर केसीले जानकारी दिए ।

 

रामबहादुरलाई ईलाका प्रहरी कार्यालय, त्रिभुवन बस्तीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिए । निजलाई  सामान्य सोधपुछ पश्चात किटानी जाहेरीको आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक  बमले बताए । श्रीमतिमाथि बन्चरो प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



शुक्रबार, २७ पुष २०७५ मा प्रकाशित

Tags : #Kanchanpur

प्रतिकृया दिनुहोस


Loading...