टि–२० क्रिकेटः न्यूजिल्याण्डसँग श्रीलंका पराजित

नमिठो हार

बुलबुल नेपाल    

टि–२० क्रिकेटः न्यूजिल्याण्डसँग श्रीलंका पराजित

काठमाडौं, पुष २७ । न्यूजिल्याण्डमा भएकाे टी–२० प्रतियोगितामा पनि श्रीलंका घरेलु टोलीसँग हारेको छ । टस जितेर बलिङ रोजेको श्रीलंकाले १८० रनको लक्ष्य पाएको थियो । बलिङमा शुरुवात शानदार गरे पनि अन्तिममा आएर भने त्यही लय कायम राख्न सकेन ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७९ रन बनायो । उसका लागि डो ब्रास्वेलले सर्वाधिक ४४ रन बनाए । बलिङमा श्रीलंकाका कासुन रागीताले ३, कप्तान लासिथ मालिंगाले २, थिसरा परेरा र लक्षण संदाकनले समान एक-एक विकेट लिए ।

 

१८० रनको विशाल लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४४ रन बनाउन सक्यो । उसका लागि थिसरा परेराले सर्वाधिक ४३ रन बनाए । बलिङमा न्यूजिल्याण्डका लोकि फरगुसन र इस सोधीले समान तीन-तीन विकेट लिए । यसअघि श्रीलंकासँग भएको तीन एकदीवसिय खेलमा न्यूजिल्याण्ड ३– ० ले विजयी भएको थियो ।



शुक्रबार, २७ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...