विवेकशील साझा पार्टी  फुट्यो, थापाको नेतृत्वमा नयाँ दल दर्ता

अन्ततः पार्टी टुक्रा

बुलबुल नेपाल    

विवेकशील साझा पार्टी  फुट्यो, थापाको नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौं, पुष २७ । अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको छ । 

 

यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । केही समय अघिदेखि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्ज्वल थापाबीच मतभेद बढेको खबर सार्वजनिक भएको थियो । 



शुक्रबार, २७ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...